
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहनुका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।
महाशाखाले वर्षा र हिमपातका कारण देशैभरी चिसो बढेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।