
काठमाडौं । भारतमा बुधवार २ लाख ८६ हजार ३८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोहि अवधिमा ३ लाख ६ हजार जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने एकैदिन ५७३ कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।
भारतमा मंगलवारको तुलनामा बुधवार संक्रमितको संख्या केही बढेको हो भने मृत्यु हुनेको संख्या भने बुधवार घटेको छ । मंगलबार भारतमा ६५९ जनाको ज्यान गएको थियो ।
भारतमा हाल २२ लाख २ हजार कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने संक्रमित हुनेको संख्या ४ करोड ३ लाख ७१ हजार ३१७ पुगेको छ ।
त्यस्तै भारतमा हालसम्म ३ करोड ७६ लाख ६५ हजार ९८० जना संक्रमणबाट मुक्त भएका छन् । भने भारतमा हालसम्म ४ लाख ९१ हजार ७०१ जनाले ज्यान गुमाएका छन् ।