Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित



१३ माघ । दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ ।

यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा १४ हजार ५७१ जना संक्रमित थपिएका छन् । यहाँ अहिलेसम्ममा दैनिक संक्रमित भएकामध्ये पछिल्लो २४ घण्टामा संक्रमितको संख्या सबैभन्दा धेरै देखिएको बताइएको छ ।

उनीहरुका अनुसार दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा यी संक्रमितसहित कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ७ लाख ७७ हजारभन्दा बढी पुगेको छ । कोरियाली रोग नियन्त्रण केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार दक्षिण कोरियामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट धेरै मात्रामा फैलिएको छ ।

यहाँ पछिल्ला दिनहरुमा ओमिक्रोन भेरियन्ट फैलिनुका साथै अस्पताल भर्ना हुनेहरुको संख्या पनि बढेको कोरियाली रोग नियन्त्रण केन्द्रले जानकारी दिएको छ । यहाँ सबैभन्दा बढी राजधानी सोलमा देखिने गरेका छन् । त्यस्तै बाहिरबाट आएका नागरिकहरुमा संक्रमण देखिने पनि गरेको बताइएको छ ।

यहाँ गएको २४ घन्टामा ३४ जनाको निधन पनि भएको छ । यहाँ अहिलेसम्म यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या ६ हजार ६५४ जना पुगेको पनि बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । मगर संघ युकेद्धारा आयोजना हुने ओपन कन्सर्टको तयारी पूरा भएको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय