
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता तथा राष्ट्रिय सभाका नेता दीनानाथ शर्माको पहलमा पर्वत अस्पताललाइ स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
गण्डकी प्रदेश पर्वत जिल्लाको कुश्मास्थित जिल्ला अस्पतालको इमरजेन्सी वार्डका लागि अत्याधुनिक ३ बेडहरु हस्तान्तरण गरिएको छ ।
सो सामग्री नेता दिनानाथ शर्माद्धारा पर्वत–काठमाडौं जनसम्पर्क मन्चका अध्यक्ष शीवलाल पुरी र विकास सोनी मार्फत् जिल्ला अस्पताललाई पठाइएको बताइएको छ ।
सम्पर्क मन्चका विकास सोनीका अनुसार नेता शर्माले निर्मल लामा प्रतिष्ठानसँग समन्वय गरी पठाइएको उक्त सामग्रीको अनुमानित मूल्य साढे ४ लाख जति रहेको छ । सो सामग्री पर्वत अस्पतालका नवनियुक्त अध्यक्ष शंकर गिरीको नाममा पठाइएको विकास सोनीले बताएका छन् ।