
काठमाडौँ । लामो समयदेखि निरन्तररुपमा उकालो लाग्दै आएको सुनको भाउ आज भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९०० ले घटेर रु ९३ हजार ५०० मा कारोबार भइरहेको छ ।
छापावाल सुन बुधवार प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको थियो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार रहेको छ भने चाँदी प्रतितोला प्रतितोला रु १० ले घटेर रु एक हजार २९० मा कारोबार भइरहेको छ ।