१३ माघ, काठमाडौँ । वेस्टइंडिज विरुद्धको श्रृखलाका लागि भारतीय क्रिकेट र्बोड (बिसीसीआई) ले आफ्ना खेलाडीहरुको चयन गरको छ । बिसीसीआईले रोहित शर्माको कप्तानीमा एकदिवसीय र टि-२० श्रृखलाका लागि १८ खेलाडीको चयन गरेको छ ।
प्रसिद्ध कृष्ण, दिपक हुड्डा र कुलदिप यादव भारतको एकदिवसीय टिममा पर्न सफल भएका छन भने आवेश खान एकदिवसीय र टि-२० दुवै टिममा पर्न सफल भएका छन । चोटको कारण्ले रविचन्द्र अश्विन, हार्दिक पांड्या र रविन्द्र जडेजाले भने वेस्टइंडिज विरुद्धको श्रृखला गुमाउने छन । त्यसैगरी बिसीसीआईले जसप्रित बुमराह र मोहम्मद शमीलाई यस श्रृखलाबाट विश्राम दिने निणर्य गरेको छ ।
भारतले वेस्टइंडिज विरुद्ध ३/३ खेलको टि-२० र एकदिवसीय श्रृखला खेल्ने लागेको हो । भारत र वेस्टइंडिज बिचको ३ खेलको एकदिवसीय श्रृखला अहमदावादमा हुने छ भने ३ खेलको टि-२० श्रृखला कोलकत्तामा हुनेछ । यी दुई टिम बिचको पहिलो एकदिवसीय खेल फेब्रुअरी ६ मा हुनेछ ।
वेस्टइंडिज विरुद्धको एकदिवसीय श्रृखलाको लागि भारतको टिम
रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), रुतुराज गायकवाड, शिखर धवन, विराट कोहली, सूर्य कुमार यादव, श्रेयस अय्यर, दीपक हुडा, ऋषभ पन्त (विकेटकिपर), दीपक चाहर, शार्दुल ठाकुर, युजवेन्द्र चहल, कुलदीप यादव, वाशिंगटन सुन्दर, रवि बिश्नोई, मोहम्मद सिराज, प्रसीद कृष्ण, आवेश खान ।
वेस्टइंडिज विरुद्धको टि-२० श्रृखलाका लागि नेपालको टिम
रोहित शर्मा (कप्तान), केएल राहुल (उपकप्तान), इशान किशन, विराट कोहली, श्रेयस अय्यर, सूर्य कुमार यादव, ऋषभ पन्त (विकेटकिपर), वेंकटेश अय्यर, दीपक चाहर, शार्दुल ठाकुर, रवि बिश्नोई, अक्षर पटेल, युजवेन्द्र चहल, वाशिंगटन सुन्दर, मोहम्मद। सिराज, भुवनेश्वर कुमार, आवेश खान, हर्षल पटेल।
वि.सं.२०७८ माघ १३ बिहीवार १३:३० मा प्रकाशित