
साइप्रस । नेपाली जनप्रगतिशील मंच साइप्रसले उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
जनप्रगतिशील मंच साईप्रसका बरिष्ठ सदस्य नबराज गौतमको संयोजकत्वमा बसेको अनौपचारिक बैठकले काठमाडौंमा बसेर टाउको सम्बन्धि (रप्चर एकम यानयुरिजियम) को उपचार गराइरहेका काभ्रेपलान्चोकका सन्तोष गौतमलाई ५३५ युरो (७१,५७३ रुपैयाँ) आर्थिक सहयोग गरेको हो ।
काभ्रेको कोषिपारी हालको चौरी देउराली गाउँपालिका ५ क्याउरेनि घर भएका गौतमको घरको आर्थिक अवस्था दयनीय भएकाे र गम्भीर खालको विमारका कारण गौतम आफैले देश तथा बिदेशमा छरिएर रहेका नेपालीहरुमा सहयोगको अपिल गरेपछि मन्चले पनि आर्थिक सहयोग गरेको हो ।
उक्त रकम नेपाली जनप्रगतिशील मंच युरोप कमिटीका अध्यक्ष कमरेड सुरेन्द्र भुसालमार्फत् गौतमलाई हस्तान्तरण गरिएको हो ।
मन्चले जटिल रोगसँग लडिरहेका गौतमको शिघ्र स्वास्थलाभको कामना गर्दै विभिन्न देशमा रहेका मन्चमा आवद्ध तथा अन्य नेपाली दाजुभाइ दिदीबहिनीलाई सहयोगको अपिल समेत गरेको छ ।
मन्चले सहयोगका लागि प्रस्ताव गरेका नबिन चौलागाईलाई समेत आभार व्यक्त गरेको छ ।
गौतमको उपचारका लागि केशव ठकुरी, नबराज गौतम, नबिन चौलागाईँ, दिनेश गौतम र गणेश गौतम ५०/५० युरो, माया लोप्चन तामाङ र बिनोद केसी ३०/३० युरो, रमिता थापा २५ युरो, दर्शन मगर, मिरा लिम्बु, सुरज कोइराला, रेणुका निरौला, मन्त्री हमाल र संजोग थापा मगर २०/२० युरो, लिला घले गुरुङ, बिनोद शाह ठकुरी, नानु थामी र साजन खनाल १५/१५ युरो र सुनीता ठकुरी र सूरज कंडेलले १०\१० युरो सहयोग गरेको केशव ठकुरीले संसारन्युजलाई जानकारी दिएका छन् ।