
फर्शुराम भुर्तेल । पर्वतको पैयुमा श्रद्धान्जली सभा सम्पन्न गरीएको छ ।
गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउपालीका सरौखोलाकी सावित्रा तिवारीको स्मरणमा श्रद्धान्जली सभा सम्पन्न गरिएको हो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गुप्त बहादुर हमाल ठकुरीको प्रमुख आतिथ्यता, सो पार्टीका युवा नेता सुदिप कुंवर र नेकपा क्रान्तिकारी माओवादीका नेता तिलक तिवारीको बिशिष्ट आतिथ्यता तथा बिभिन्न राजनैतिक दलका नेता एवं जनप्रतिनिधिको उपस्थितीमा नवौ दिनका तीथीमा बिहीवार नेकपा (माओवादी केन्द्र ) पैयुको आयोजनामा सो कार्यक्रम सम्पन्न गरीएको थियो ।
परीवारकै अभिभावक साबित्रा तिवारीको निधन भएको दुखद घडीमा सान्त्वना दिने, अन्तेष्टि कार्यक्रममा भाग लिने, घरमा भेटन आउने, टेलिफोन वा संजाल तथा कार्यक्रम मार्फत समवेदना दिने पर्वतका संघीय सांसद, प्रदेश सांसद, बिभिन्न पालिकाका निर्वाचित जनप्रतिनिधिहरु, बिभिन्न राजनैतिक दलका नेतृत्वहरु, कर्मचारी, शिक्षक बर्ग, नागरिक समाज तथा सबै आफन्त तथा शुभेच्छुकहरु प्रति परीवारका तर्फबाट छोराहरु जयनारायण तिवारी र थानेश्वर तिवारीले आभार प्रकट गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी गुप्त बहादुर हमाल ठकुरी, बिहादी गाउपालिका अध्यक्ष कमल भुसाल, माओवादीको पैयु ईन्चार्ज उमाकान्त भुर्तेल लगायतले आमा साबित्रा तिवारीको राजनैतिक, सामाजिक र पारिवारीक योगदान बारे चर्चा गरेका थिए ।
बिभिन्न राजनैतिक दलका नेतृत्वहरु, कर्मचारी, शिक्षक बर्ग, नागरीक समाज तथा आफन्त एवं शुभेच्छुकहरु उपस्थित सो कार्यक्रमको संचालन दिलीप सेन र सभापतित्व रेशम सापकोटाले गरेका थिए ।
बिसं १९८३ मा पैयुको त्रिबेणी भर्मामा जन्मेकी साबित्रा तिवारीको २०७८ माघ ५ गते निधन भएको थियो । उनको निधन पछि पर्वतका संघीय सांसद पदम गिरी, प्रदेश सांसद बिकास लम्साल, एमाले नेतृ कल्पना चापागाई, एमाले पर्वतका अध्यक्ष राजु पौडेल,माओवादी केन्द्र बिहादी गाउँपालिकाका ऋषिराम भुसाल लगायतले घरमै पुगेर श्रद्धान्जली अर्पण गरेका थिए ।