
१४ माघ, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले २०२२ को केद्रीय सम्झौतामा अनुबन्ध भएका खेलाडीको नाम सार्वजनिक गरेको छ । बिहिबार बसेको क्यानको बैठकले खेलाडीहरुलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको हो । क्यानले १८ खेलाडीलाई भिन्न ३ ग्रेडमा समावेश गरेको छ ।
अनुशासन उल्लङ्घन सम्बन्धि संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौताको सुरुको ६ महिनाको लागि सहभागी नगराउने संघको अघिल्लो बैठकको निर्णय फिर्ता लिने निर्णय गरेको छ ।
त्यसैगरी ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका खेलाडीहरू विक्रम सोव, गुलसन झा र रोहित पौडेललाई प्रोत्साहन भत्ता स्वरूप जनही १ लाख प्रदान गर्ने निर्णय गरेको छ । क्यानले राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि एक लाख पचाँस हजार सहयोग गर्ने निर्णय पनि गरेको छ ।
क्यानले सार्वजनिक गरेको नयाँ वर्गीकरण :
ग्रेड ए : सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरि, सोमपाल कामी र करण केसी ।
ग्रेड बि : कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी ।
ग्रेड सी : कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऎरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ ।