Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

जाल्पा सामुदायिक लघुवित्तले माघ २१ गतेदेखि आईपीओ निष्काशन गर्ने, कति कित्ता दिने त आवेदन ?



४ कार्तिक, काठमाडौँ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । निष्काशन गरिने गरिएको कुल शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणले बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको उक्त आईपिओमा सर्वसाधारणले माघ २५ गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति फागुन ६ गतेसम्म लम्बिनेछ ।

लगानीकर्ताले संस्थाको उक्त आईपिओमा न्यून्युनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यस लघुवित्तकाे आईपिओमा पनि १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।

संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय र मेरो शेयरको मोबाइल एपबाट आवेदन दिन सक्नेछन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय