Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

नेकपाभित्रको विवाद उत्कर्षमा, साधारण सदस्यसमेत नरहने गरि कारबाहीमा परे ऋषि कट्टेल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । विवाद चलिरहेकै बेला पार्टी अध्यक्षसमेत रहेका नेता ऋषि कट्टेल पार्टी सदस्यसमेत नरहने गरि कारबाहीमा परेका छन् । उनलाई बिहीबार नेकपाभित्रको बहुमत पक्षले कारबाही गरेको हो ।

केन्द्रीय समितिले बनाएको जाँचबुझ समितिको निर्णयअनुसार सोधिएको स्पष्टीकरणको जवाफ नबुझाएसँगै कारबाही गरिएको कार्यबहाक अध्यक्ष लोकनारायण सुवेदीले बताए । उनका अनुसार पार्टी केन्द्रीय सचिवालयको बहुमत र केन्द्रीय समितिको झण्डै दुई तिहाई बहुमत सदस्यको निर्णयअनुसार कट्टेलमाथि कारबाही गर्ने निर्णय गरिएको हो ।

१५ सदस्यीय नेकपाको केन्द्रीय सचिवालयमा ८ जना र ३४ सदस्यीय केन्द्रीय समितिका २० जना सदस्य कट्टेलको विरुद्वमा खुल्दै आएका छन् ।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता पछि बनेको नेकपालाई अदालतले विघटन गरेसँगै कट्टेल नेतृत्वको नेकपाको चर्चा चुलिएको थियो । राजनीतिक वृत्तमा चर्चा चुलिएको बेला नेकपाभित्र भने आन्तरिक विवाद सुरु भएको थियो ।

तत्कालिन समयदेखि नै ऋषि कट्टेलको विरुद्वमा नेकपाभित्र मोर्चाबन्दी बनेको थियो । कट्टेलले पार्टीलाई नै एमालेलाई बुझाउन खोजेको आरोप बहुमत पक्षले लगाउँदै आएको छ ।

सम्बन्धित समाचार

नेकपाभित्र अर्को लफडा, ऋषि कट्टेललाई नै कारबाही !

यस्तो रहेछ नेकपाका संयोजक ऋषि कट्टेललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्नुको कारण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय