
पोर्चुगल। पोर्चुगलमा एक नेपाली युवा रुखमा झण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
कन्चनपुरको भिमदत्त नगरपालिका ६ घर भई पोर्चुगलमा कृषि कार्य गरिरहेका ३९ वर्षीय तर्कराज भट्ट बिहीवार पोर्चुगलको आल्बुफेइरा नजिकै गिआ भन्ने ठाउँमा बिहान रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनी सोहि एरियामा कार्यरत थिए ।
भट्ट आफु बस्ने स्थानभन्दा केही पर एक रुखमा झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरिएको उनीसँगै बस्ने सथी भीम भट्टले बताएको पत्रकार तथा एनआरएनएमा महासचिव राजकुमार थापाले बताएका छन् ।
झुण्डिएको अवस्थामा मृत फेला परेका भट्टका बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको थापाले बताए । भट्ट तीनवर्ष अघिमात्र पोर्चुगल पुगेका थिए । file- photo