Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

गाउँपालिकाद्वारा आश्रित परिवारलाई आवास हस्तान्तरण



राँझा । बाँकेको खजुरा गाउँपालिकाले सामूहिक आवास कार्यक्रमअन्तर्गत आश्रित परिवारलाई १६ घर हस्तान्तरण गरेको छ । खजुरा–३ स्थित बी बोरिङमा व्यवस्थित १६ घर तयार भएपछि आज औपचारिक कार्यक्रम गरी आश्रित परिवारलाई आवास हस्तान्तरण गरिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनका अनुसार भूमिहीन सुकुम्वासी बसिरहेकै ठाउँमा घर बनाई दिँदाभन्दा सामूहिक आवासको अवधारणा प्रभावकारी हुने विश्वासका साथ घर, शौचालय, आन्तरिक सडक सबै व्यवस्थित बनाइएको छ ।

तराई मधेस समृद्धि कार्यक्रमको रु ७० लाख लागतमा डेढ बिघा सरकारी जग्गामा व्यवस्थित १६ घर तयार गरी हस्तान्तरण गरिएको उनको भनाइ छ । १६ घर निर्माण भइसकेको बी–बोरिङ खजुरामा यो वर्ष पाँच घर निर्माण भइरहेका छन् ।

तराई मधेस समृद्धि कार्यक्रमसँग गाउँपालिकाले साझेदारी कार्यक्रमअन्तर्गत अति विपन्न परिवारलाई आवास बनाएर हस्तान्तरण गरिएको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले बताए ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय