
काठमाडौं । नेपालमा बाह्र देखि १७ वर्ष उमेर समुहका १८ लाख बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको खोप लगाएको छ ।
नेपाल सरकारले गतवर्ष आजैका दिनदेखी लगाउन सुरु गरेको कोरोना भाइरसविरुद्धको खोप हालसम्म ३ करोड ६ लाख ४ हजार १५२ जनाले लगाइसकेका छन् । ती मध्ये १८ लाख ७२ हजार ६७० जना स्कुले बालबालिकाले उक्त खोपको पहिलो मात्रा र ३ लाख ५८ हजार २९८ जना बालबालिकाले पूर्ण मात्राको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी लगायत ३ लाखले अतरिक्त मात्राको खोप लिएका छन् ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म विभिन्न माध्यमबाट ४ करोड २० लाख ४९ हजार ६४० खोप प्राप्त भएका छन् । नेपालमा एकवर्षको अवधिमा कोभिसिल्ड, अस्ट्राजेनिका, भेरोसेल, जोनसन एण्ड जोनसन, मोर्डना, फाइजर लगायतका खोपहरु लगाइएको छ ।