back

नेपालमा आज कोरोनाबाट १० जनाको मृत्यु, ६,८२७ संक्रमित

वि.सं.२०७८ माघ १४ शुक्रवार

135 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत १० जनाको मृत्यु भएको हो ।

आज थपिएका १० जनासँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६९७ पुगेको छ ।

त्यस्तै आज ६,८२७ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको १९ हजार ८६९ नमु्ना परीक्षणमा ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज उपत्यकाको काठमाडौंमा २,१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ गरी २,९४० जना संक्रमित भएका छन् । बिहीवारको तुलनामा आज उपत्यकामा संक्रमित हुनेको संख्या केही घटेको हो ।

आज थपिएका ६ हजार ८२७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १० लाख ६७ हजार ६६८ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५,४३२ जनामा कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५,४३२ जनासँगै नेपालमा कोरोनाबाट मुक्त हुनेको संख्या ८ लाख ४२ हजार ३३६ पुगेको छ ।

मन्त्रालयको विवरण अनुसार हाल ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ८८ हजार ८४ र १८५७ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै २५६ जना आइसीयु र ४५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशैभरी १ लाख २८ हजार ५६३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

 

 

वि.सं.२०७८ माघ १४ शुक्रवार १६:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
चिकित्सक नियुक्त नहुँदा थन्किए उपकरण

चिकित्सक नियुक्त नहुँदा थन्किए उपकरण

हेटौँडा । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा उपकरण थन्किका छन्...

चार करोड ३६ लाखभन्दा बढी आँखाका बिरामीलाई सेवा प्रदान

चार करोड ३६ लाखभन्दा बढी आँखाका बिरामीलाई सेवा प्रदान

नारायणगढ (चितवन) । नेपाल नेत्रज्योति सङ्घबाट सञ्चालन भएका आँखा अस्पताल...

चिनियाँ सहयोगमा अस्पतालको पुनः निर्माण सम्पन्न

चिनियाँ सहयोगमा अस्पतालको पुनः निर्माण सम्पन्न

चौतारा (सिन्धुपाल्चोक) । चीन सरकारको सहयोगमा चौतारा अस्पताल पुनःनिर्माण भएसँगै...

स्वास्थ्य शिविरबाट १७ सय बढी लाभान्वित

स्वास्थ्य शिविरबाट १७ सय बढी लाभान्वित

म्याग्दी (बेनी) । जिल्लाको मङ्गला गाउँपालिकाको बाबियाचौरमा सम्पन्न निःशुल्क स्वास्थ्य...

स्वास्थ्य बीमा कार्यक्रममा कोशीका २३ लाख नागरिक आबद्ध

स्वास्थ्य बीमा कार्यक्रममा कोशीका २३ लाख नागरिक आबद्ध

मोरङ । सरकारले नागरिकको स्वास्थ्य उपचारका लागि ल्याएको स्वास्थ्य बीमा...

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल बनाउन प्रधानमन्त्री सुझाव

स्वास्थ्य बीमाको भुक्तानी व्यवस्था सरल बनाउन प्रधानमन्त्री सुझाव

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...