back
CTIZAN AD

विदेशमा रहेका युवाद्धारा एम्बुलेन्स सहयोग

वि.सं.२०७८ माघ १९ बुधवार

633 

shares

टीकापुर । रोगजारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाहरूले एम्बुलेन्स सहयोग गरेका छन् । धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

युवाहरूले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि सहयोग पुगोस भन्दै एम्बुलेन्स खरिद गर्नका लागि आफ्नो कमाइको केही अंश सहयोग गरेका हुन् । धनसिंहपुर प्रवासी युवा समितिका अध्यक्ष ओमबहादुर साउदले सहयोग रकमले एम्बुलेन्स खरिद गरी स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको बताए । “यो सहयोग रोजगारीका लागि देश बाहिर गएका युवाको गाउँका नागरिकलाई देखाएको माया हो”, उनले भने । विभिन्न देशमा रोजगारी गर्दै आएका यहाँका २२ युवाको आर्थिक सहयोगमा रु ११ लाख ७६ हजारमा एम्बुलेन्स खरिद गरिएको हो ।

एम्बुलेन्सको साँचो बुझ्दै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले एम्बुलेन्स सहयोगका लागि धन्यवाद दिए । “एम्बुलेन्स टीकापुर नगरपालिकाको सम्पत्तिका रुपमा जोडिएको छ । पैसा भएकाले होइन समाजसेवा र सहयोग गर्ने मन भएकाले मात्र यो गर्न सक्छन”, उनले भने । हाल नगरपालिकाले रेडक्रसमार्फत सुत्केरी र गर्भवतीलाई सेवा दिन एम्बुलेन्स सञ्चालन गरिरहेको छ ।

टीकापुरमा हाल योसहित आठ एम्बुलेन्स सञ्चालनमा छन् । नगरपालिकाले हरेक वडामा एउटा एम्बुलेन्स सञ्चालन गर्ने योजनाअनुरुप काम गरिरहेको छ ।

वि.सं.२०७८ माघ १९ बुधवार ११:४२ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...