back
CTIZAN AD

७ करोडको भन्दा बढी लागतमा चिस्यान केन्द्र निर्माण गरिँदै

वि.सं.२०७८ माघ १९ बुधवार

732 

shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा अत्याधुनिक स्तरको चिस्यान केन्द्र निर्माण गरिने भएको छ । कृषकले उत्पादन गरेको फलफुल तथा तरकारी सुरक्षित भण्डारण गर्न सन्धिखर्क नगरपालिकाले वडा नं १ को हटारीमा चिस्यान केन्द्र निर्माण गर्न लागेको हो ।

चिस्यान केन्द्र रु सात करोड ७९ लाखको लागतमा निर्माण गर्न लागिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । चिस्यान केन्द्रको अभावमा तरकारी तथा फलफुल कृषकले सस्तो मूल्यमा बिक्री गर्न बाध्य थिए । उत्पादन भएको तरकारी तथा फलफुल कुहिएर जाने गरेको थियो । कृषकले उत्पादन गरेको तरकारी तथा फलफुल चिस्यान केन्द्रमा राखेर जुनसुकै समयमा पनि बिक्री गरी मनग्य आम्दानी गर्न सकिने अर्यालले बताए ।

नगर प्रमुख कमलप्रसाद भुसालका अनुसार चिस्यान केन्द्रको क्षमता १५० मेट्रिक टन रहेको छ । आगामी वर्ष २०७९ चैत मसान्तसम्म काम सम्पन्न गर्ने गरी लुम्बिनी अर्घाखाँची जेभीसँग निर्माणको सम्झौता भएको हो । चिस्यान केन्द्र स्थापना भएर सञ्चालनमाा आएपछि कृषक मात्र होइन उपभोक्ता समेत लाभान्वित हुने बताइएको छ ।

वि.सं.२०७८ माघ १९ बुधवार १२:२६ मा प्रकाशित

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

मैनादेबि अनाथ आश्रममा सत्सङ्ग प्रवचन तथा पुस्तक विमोचन

चन्दा भुसाल, बुटवल । तिलोत्तमा ६ आश्रमपथमा अवस्थित रामचन्द्र मैनादेबि...

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

बबई नदीको पानी लिफ्टिङ गरी तुलसीपुरमा ल्याउन छ महिना लाग्ने

दाङ । तुलसीपुर नगरवासीलाई सफा, शुद्ध पानी सहज तरिकाले वितरण...

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...