काठमाडौं । सरकारले राजस्व नबुझाएका पाँच क्यासिनोलाई सातदिने अल्टिमेटम दिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले विभिन्न ठाउँमा संचालित पाँच क्यासिनोलाई रोयल्टी तथा नवीकरण वापतको बाँकी वक्यौता रकम बुझाउन सात दिन म्याद दिएको छ हो ।
मन्त्रायलले बुधवार सूचना जारी गर्दै वक्यौता रकम सात दिनभित्र नबुझाए इजाजत रद्द गर्ने चेतावनी समेत दिएको छ ।
मन्त्रालयले क्यासिनो सञ्चालन गरिरहेका दरबारमार्गस्थित होटेल याक एन्ड यती, लाजिम्पाटको ओरियन्टल होटेल लिमिटेड (¥याडिसन होटल), रक इन्टरनेसनल काठमाडौं, ह्याप्पी आवर र सेन्ट्रल मिडिया प्रा.लि. काठमाडौंलाई आर्थिक वर्ष २०७६÷७७ को राजस्व र नवीकरण रकम सात दिनभित्र भुक्तानी गर्न अल्टिमेटम दिएको हो ।
यी पाँच क्यासीनो कम्पनीले ८५ करोड, ८४ लाख ४७ हजार ८ सय ४८ रुपैयाँ तिर्न बाँकी रहेको मन्त्रालयद्धारा जारी सूचनामा उल्लेखछ ।
सबैभन्दा बढी ह्याप्पी आवरले २१ करोड ५५ लाख, होटेल याक एन्ड यतीले २० करोड ६८ लाख १५ हजार, ओरियन्टल (¥याडिसन) ले १८ करोड ७६ लाख, सेन्ट्रल मिडियाले १३ करोड ३९ लाख ५० हजार र रक इन्टरनेसनलले ११ करोड ४५ लाख ८२ हजार ८ सय ४८ तिर्न बाँकी रहेको मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ ।
यी कम्पनीहरुलाई यसअघि २०७८ कात्तिक ७ गते ३५ दिने सूचना जारी गरी बक्यौता बुझाउन भनिएको थियो । त्यसपछि फेरि पुस २७ गते पत्र पठाएर १५ दिने म्याद दिइएको थियो ।
हालसम्म पनि बक्यौता रकम दाखिला नगरेपछि विभागले आज सार्वजनिक सूचना जारी गरी सात दिनको म्याद दिएको हो ।
वि.सं.२०७८ माघ १९ बुधवार १२:४२ मा प्रकाशित






























