१९ माघ, काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६०० कित्ता आईपीओ जारी गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने सर्वसाधारणले बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको उक्त आईपिओमा सर्वसाधारणले फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन । सो अवधिमा पूर्ण आवेदन नपरेमा आवेदन दिने मिति फागुन ११ गतेसम्म लम्बिनेछ ।
लगानीकर्ताले संस्थाको उक्त आईपिओमा न्यून्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आईपीओमा आवेदन दिने लगानीकर्ताहरुको संख्या हेर्दा यस कम्पनीको आईपिओमा पनि १० कित्ता आवेदन दिनु उपयुक्त देखिन्छ ।
संस्थाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालय र मेरो शेयरको मोबाइल एपबाट आवेदन दिन सक्नेछन ।
वि.सं.२०७८ माघ १९ बुधवार १२:४३ मा प्रकाशित


























