back
CTIZAN AD

कोभिड घटेपछि भरतपुर अस्पतालमा भोली देखी सबै सेवा नियमित

वि.सं.२०७८ माघ १९ बुधवार

855 

shares

चितवन । कोरोना सङ्क्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ । अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन गर्न लागेको हो । माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्ण पौडेलका अनुसार कोरोना जोखिमका कारण बन्द गरिएको सेवा सञ्चालनमा ल्याउन लागिएको हो । उनले भने, “अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको चाप घटेसँंगै स्थगित गरिएका सेवा सञ्चालन गर्न लागिएको हो ।”

चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुने क्रम बढेपछि अत्यावश्यक सेवाका लागि जनशक्ति कम भएकाले यी सेवा स्थगित गरिएको थियो । कोरोना कहरपछि शल्यक्रिया नगरेपनि हुने खालका बिरामीलाई सेवा बन्द गरिएको थियो । यसैगरी बहिरङग सेवामा चाप बढेपछि अस्पतालले बिहान ८ः३० बजेबाट ओपिडि सेवा सञ्चालन गर्दै आएको थियो ।

अस्पतालले एक सूचना प्रकाशन गरी कोरोना सङ्क्रमणको जोखिम अझै कायम रहेको हुँदा अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई पूर्णपालना गर्न आग्रह समेत गरेको छ । अस्पतालमा हाल ४१ जना सङ्क्रमित भर्ना भएर सेवा लिइरहेका छन् ।

अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यो केन्द्रीय अस्पताल हो ।

 

वि.सं.२०७८ माघ १९ बुधवार १२:४९ मा प्रकाशित

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

एसियन छनोट खेलको लागि क्रिकेट खेलाडी छनोट

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिङ्गापुरमा हुने मेन्स एसियन...

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

सुकुमवासी बस्ती हटाएसँगै नदीजन्य विपद्का घटनामा कमी आउने आशा

काठमाडौँ । सुकुमवासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

उत्पादन र रोजगारी केन्द्रित बजेट ल्याउँदै लुम्बिनी प्रदेश

सिद्धार्थनगर (भैरहवा) । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...