back
CTIZAN AD

अफगानिस्तानलाई पराजित गर्दै इंल्याण्ड पुग्यो २४ वर्ष पछि विश्वकपको फाइनलमा

वि.सं.२०७८ माघ १९ बुधवार

657 

shares

१९ माघ, काठमाडौँ । यू-१९ एकदिवसीय विश्वकपको सेमिफाइनल खेलमा अफगानिस्तानलाई १५ रनले पराजित गर्दै इंल्याण्ड फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनल खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेका इंल्याण्डले ४७ ओभरमा ६ विकेट गुमाएर २३१ रन बनाएको थियो । इंलयाण्डका लागि जर्ज थॉमस, जर्ज बेल र एलेक्स होर्टनले अर्धसतकीय पारी खेलेका थिए । जर्ज थॉमस ५०, जर्ज बेल ५६ र एलेक्स होर्टन ५३ रन बनाएर आउट हुन पुगेका थिए । अफगानिस्तानका लागि बलिङ्गमा भने नाभिद जाद्रान र नूर अहमदले सर्वाधिक २/२ विकेट लिएका थिए ।

२३२ रनको लक्ष्य पछाएको अफगानिस्तानले ४७ ओभरमा ९ विकेट गुमाएर २१५ रनमात्र बनाउन सक्यो । अफगानिस्तानका लागि ब्याटिङ्गमा अल्लाह नूरले सर्वाधिक ६० रनको पारी खेलेका थिए भने इंल्याण्डका लागि बलिङ्गमा रेहान अहमदले सर्वाधिक ४ विकेट हात पारेका थिए ।

जितसँगै इंल्याण्ड २४ वर्ष पछि यू-१९ एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

वि.सं.२०७८ माघ १९ बुधवार १४:०४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...