कोरिया । पर्वत समाज दक्षिण कोरियाको अध्यक्षमा नविन उपाध्याय पराजुली निर्वाचित भएका छन् ।
सो समाजका निर्वतमान उपाध्यक्ष जनक क्षेत्रीको अध्यक्षता, एनआरएनए दक्षिण कोरियाका अध्यक्ष दीपक पुनको प्रमुख आतिथ्यता, एनसीसी कोरियाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भर्चुअल भेलाले विहादीका नविन पराजुलीलाई अधयक्षमा निर्वाचित गरेको हो ।
सो समाजको वरिष्ठ उपाध्यक्षामा दीपक केसी, महिला उपाध्यक्षमा कमला केसी, विमल खत्री, थानेश्वर पौडेल, सचिवमा जीवन पौडेल, सहसचिव सन्जीव कुमार शर्मा, कोषाध्यक्षमा आशिष गुरुङ र सहकोषाध्यक्षमा सरोज गुरुङ चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा कृष्ण राना, विनोद गुरुङ, सुर्य पौडेल, अमृत तिवारी, अमृत पौडेल, सुगम आचार्य, हरि विवश लामिछाने, सितल रिजाल, अनिल पौडेल, सुनिल थापा कुमाल, सुरेश थापा, मेघा पौडेल, केशव कार्की, मनोज क्षेत्री, शिशीर हमाल लगायत रहेका छन् भने सल्लाहकारमा रुद्र शर्मा, भीम गुरुङ, जयराम रिमाल र जनक क्षेत्री रहेका छन् ।
वि.सं.२०७८ माघ १९ बुधवार १४:३० मा प्रकाशित






























