back
CTIZAN AD

प्रधानमन्त्री, प्रचण्ड र नेपालबीच भेट, के-के भयो त कुराकानी ?

वि.सं.२०७८ माघ १९ बुधवार

762 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड र नेपाल बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री देउवा, अध्यक्ष प्रचण्ड र नेपालबीच झण्डै करिब एक घण्टा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । भेटमा गृहमन्त्री बालकृष्ण खाँड र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी रहेको बताइएको छ ।

भेटमा निर्वाचन आयोगले जेठ ४ गतेका लागि दिएको निर्वाचनको समय, एमसीसी लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ । छलफलपछि अध्यक्ष नेपालले गठबन्धन तोड्न खोज्नेहरूको चाहना पूरा नहुने बताउँदै गठबन्धनलाई बलियो बनाएर जाने विषयमा छलफल भएको जानकारी दिएका छन् ।

वि.सं.२०७८ माघ १९ बुधवार १४:५२ मा प्रकाशित

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर...

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

जलजलाको सम्भावना उल्झ्याउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी । प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको...

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना...