एनआरएन एनसीसी कतार र भर्जिनिया कमनवेल्थ युनिभर्सिटी कतारको आयोजनामा प्रवासी नेपाली श्रमिकहरु र अमेरिकाबाट आएका युनिभर्सिटीका बिद्यार्थीहरु बीच भेटघाट तथा वर्कसप सम्पन्न भएको छ । वर्कसपमा दुवै देशका कला, सस्कृति र परम्पराका चिनारी साटासाट गर्नुका साथै आ आफ्नो राष्ट्रको अन्तरिक तथा राजनीतिक बिषयमा छलफल गरिएको थियो ।
कार्यक्रम एनसीसी कतारका प्रथम उपाध्यक्ष नबिन पोख्रेलको संयोजकत्व रहेको थियो । कार्यक्रमको वातावारणलाई अझै सहज बनाउनको लागी एनसीसी कतारका तर्फबाट युवा संयोजक लिला जिसी र महिला संयोजक संगीता तामांगले संयोजक पोख्रेललाई साथ दिएका थिए । ६ पुरुष र ५ महिला प्रवासी नेपाली श्रमिकहरु सहभागी रहेको कार्यक्रममा भ्रमणकारी युनिभर्सिटीका १२ जना बिद्यार्थीले सहभागिता जनाएका थिए ।
रमाइलो वातावरणमा सम्पन्न भएको सो कार्यक्रममा सहभागीहरुले तितामिठा अनुभव समेत साटासाट गर्दै हाँसखेल गरेका थिए । युनिभर्सिटी बिद्यार्थीहरु नेपाल र नेपालीका बारेमा जान्न निकै उस्सुक देखिएका थिए । एक अर्कासंग नजिक रहेर आफु र मुलुकसंग जोडिएका भावनात्मकसम्बन्धहरुलाई छोटो र मिठो रुपमा आदानप्रदान गर्दै कार्यक्रमको समापन गरिएको थियो ।