Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

भोजपुरमा स्थानीय तह आजदेखि कार्यान्वयनमा



१ चैत, भोजपुर  । भोजपुर जिल्लामा स्थानीय तह आजैदेखि कार्यान्वयन हुने भएको छ । स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश २०७३ बारे सोमबार सर्वपक्षीय छलफलपछि आजदेखि स्थानीय तह कार्यन्वयनमा ल्याइने भएको स्थानीय विकास अधिकारी सीता परियारले जानकारी दिनुभयो ।

सरकारले शुक्रबारबाटै स्थानीय निकाय भङ्ग गरेर स्थानीय तह कार्यान्वयनमा ल्याए पनि भोजपुरमा आजदेखि काम थालिएको हो । भोजपुर जिल्लामा दुई नगरपालिका र सातवटा गाउँपालिका बनेका छन् भने जिविस जिल्ला समन्वय समितिमा रुपान्तरित भएको छ ।

नेपाल सरकारले स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरेको आदेश, २०७३ को दफा १४ अनुसार नगरपालिका र गाउँपालिकामा निमित्त कार्यकारी पनि तोकिएको छ ।

भोजपुर नगरपालिकामा कृष्णबहादुर कार्की र षडानन्द नगरपालिकामा हर्षबहादुर थापा, साल्पा सिलिचुङ गाउँपालिकामा सागरमणि गौतम, अरुण गाउँपालिकामा लेखराज तिम्सिना, पौवादुङ्मा गाउँपालिकामा शालिकराम कोइराला, ट्याम्के गाउँपालिकामा सुरेशकुमार ढुङ्गेल, रामप्रसाद राई गाउँपालिकामा प्रेमकुमार शाक्य, हतुवागढीे गाउँपालिकामा गणेश प्रधान र आमचोक गाउँपालिकामा कृष्णबहादुर दाहाललाई निमित्त कार्यकारी तोकिएको हो ।

गाउँपालिका तथा तोकिएको केन्द्रमा आजैदेखि कार्यालय स्थापना गरी काम सुरु गर्नुपर्ने समेत स्थानीय विकास अधिकारी परियारले बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ