back

भाषा नबुझेदा राना थारू महिलाहरु सरकारी सेवाबाट बन्चित

वि.सं.२०७३ चैत १ मंगलवार

498 

shares

 १ चैत, कञ्चनपुर । भाषा नबुझ्दा कञ्चनपुरका राना थारू समुदायका महिला सरकारी कार्यालयबाट सेवाबाट वञ्चित हुने गरेका छन् । नेपाली भाषा नबुझ्दा सरकारी कार्यालयबाट राना थारू समुदायका महिला सेवा पाउन बाट बञ्चित भएका हुन् ।

“कार्यालयका कर्मचारीसँग राना समुदायका महिलाले आफ्नै भाषामा कुरा गर्दा कर्मचारीले बुभ्mदैनन्”, जनजाति आदिवासी नगर समन्वय समितिका सदस्य रतनलाल रानाले भन्नुभयो, “महिलाले नेपाली भाषा नबुझ्दा सेवा लिनबाट वञ्चित भएका छन् ।”

“सरकारी कार्यालयमा राना भाषा र नेपाली भाषा जान्ने कर्मचारीको व्यवस्था गरिदिनका लागि माग गर्दै आएपनि कुनै पनि कार्यालयमा हालसम्म दोभाषेको व्यवस्था नगरिँदा सेवाबाट वञ्चित भएका छौँ”, उहाँले भन्नुभयो ।

भाषाको समस्याले राना थारू समुदायका महिलासँगै नेपाली भाषा बुझ्ने पुरुष पनि कार्यालयमा पुग्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । शुक्लाफाँटा नगरपालिकामा विधवा भत्ताका लागि चौथो पटक पुगेकी बन्धो रानाले भाषा नबुझ्दा भत्ता पाउन नसकेको बताउनुभयो । “कर्मचारीले राना भाषा बुझ्दैनन् म नेपाली भाषा बोल्न सक्दैन, त्यसैले भत्ताको आवेदनका लागि पुगे पनि प्रक्रिया नजान्दा अलमलमा परेकी छु”, उहाँले भन्नुभयो ।

पुरुषको तुलनामा राना थारू समुदायका अधिकांश महिला नेपाली भाषा नबुझ्ने गरेका छन् । भाषाकै समस्याले राना थारू समुदायका महिलाको सरकारी कार्यालयले दिने सेवासुविधामा पहुँच अभिवृद्धि हुन सकेको छैन ।

भाषाकै समस्याले सामाजिक कार्यमा समेत राना थारू समुदायका महिलाको पहुँच पुग्न नसकेको राना थारू अगुवाको भनाइ छ । भाषाकै समस्याले सेवा लिनबाट वञ्चित नहुन् भन्नका लागि कर्मचारीको व्यवस्थाका लागि पहल गरिने शुक्लाफाँटा नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले बताउनुभयो । शुक्लाफाँटा नगरपालिकामा मात्रै सातसयभन्दा बढी घरधुरी राना थारु समुदायको बसोबास रहेको छ । रासस
–––––––

वि.सं.२०७३ चैत १ मंगलवार ०६:०५ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

चोकदेखि चिया पसलसम्म बढ्दै छ चुनावी सरगर्मी

सिरहा । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

नेपालले कार्वन उत्सर्जन न्यून, क्षति धेरै

सुदूरपश्चिम । कार्बन उत्सर्जन न्यूनीकरणमा खेलिएको भूमिकाबापत नेपालले पाउने लाभांशलाई...