back
CTIZAN AD

भक्तपुरमा क–कसले पाए राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार ?

वि.सं.२०७३ चैत १ मंगलवार

807 

shares

१ चैत, भक्तपुर । जिल्ला कृषि विकास कार्यालयले तीन कृषकलाई जनही रु १० हजारसहित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ ।

पुरस्कृत हुनेमा नगरकोट नगरपालिका–८ खरिपाटीका कोमलप्रसाद तिमिल्सिना तथा चाँगुनारायण नगरपालिका–१७ झोखेलका प्रदीपराज पन्त र कृष्णजन्म दुवाल रहेका छन् ।

आज यहाँ आयोजना गरेको कार्यक्रममा कृषि विकास राज्यमन्त्री राधिका तामाङले तीनै जनालाई पुरस्कृत गर्नुभएको हो । तिमिल्सिनाले १५ रोपनी जग्गामा फलफूलखेती, पन्तले अर्गानिक तरकारीखेती र पशुपालन तथा दुवालले १८ रोपनी क्षेत्रफलमा तरकारी उत्पादन गर्दै आएका छन् ।

कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव सुरेशबाबु तिवारी र स्थानीय विकास अधिकारी द्रोण पोखरेल, मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशक मीनप्रसाद बुढाथोकी, जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले आवश्यकता पहिचान गरेर अनुदान वा कृषि सामग्री वितरण गर्न सके मात्र सरकारी बजेटको प्रभावकारिता बढ्ने बताउनुभयो ।

वि.सं.२०७३ चैत १ मंगलवार ०७:२८ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...