Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

भक्तपुरमा क–कसले पाए राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार ?



१ चैत, भक्तपुर । जिल्ला कृषि विकास कार्यालयले तीन कृषकलाई जनही रु १० हजारसहित राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ ।

पुरस्कृत हुनेमा नगरकोट नगरपालिका–८ खरिपाटीका कोमलप्रसाद तिमिल्सिना तथा चाँगुनारायण नगरपालिका–१७ झोखेलका प्रदीपराज पन्त र कृष्णजन्म दुवाल रहेका छन् ।

आज यहाँ आयोजना गरेको कार्यक्रममा कृषि विकास राज्यमन्त्री राधिका तामाङले तीनै जनालाई पुरस्कृत गर्नुभएको हो । तिमिल्सिनाले १५ रोपनी जग्गामा फलफूलखेती, पन्तले अर्गानिक तरकारीखेती र पशुपालन तथा दुवालले १८ रोपनी क्षेत्रफलमा तरकारी उत्पादन गर्दै आएका छन् ।

कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव सुरेशबाबु तिवारी र स्थानीय विकास अधिकारी द्रोण पोखरेल, मध्यमाञ्चल क्षेत्रीय कृषि निर्देशक मीनप्रसाद बुढाथोकी, जिल्ला कृषि विकास कार्यालयका प्रमुख पूर्ण ढुङ्गानाले आवश्यकता पहिचान गरेर अनुदान वा कृषि सामग्री वितरण गर्न सके मात्र सरकारी बजेटको प्रभावकारिता बढ्ने बताउनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम