Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

न्याम्सलाई छाता विश्वविद्यालयको रुपमा लैजानुपर्ने



२ चैत, काठमाडौँ । चिकित्सा शिक्षा अध्ययन सुझावसम्बन्धी गठित समितिले विशेषज्ञ चिकित्सकको अभाव पूर्ति गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई छाता विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न सरकारलाई सुझाव दिएको छ ।

स्वास्थ्य मन्त्रालयले विशेषज्ञ चिकित्सकको पदपूर्ति गर्न विज्ञापन गराउँदासमेत दर्खास्त दिन चिकित्सक नआएपछि दक्ष जनशक्तिको वैकल्पिक बाटो खोज्न स्वास्थ्य मन्त्रालयले गत मङ्सिर २ गते सुझाव समिति गठन गरेको थियो ।

तीन महिना लगाएर समितिले त्यस्तो सुझावसहित समेटिएको प्रतिवेदन गत फागुन १३ गते स्वास्थ्यमन्त्री गगनकुमार थापालाई बुझाएको थियो ।

सोही प्रतिवेदनबारे हिजो स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यमन्त्रीसँगको छलफलमा समितिका संयोजक डा चोपलाल भुसालले छाता विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पतालका रुपमा वीर अस्पताल, अन्य केन्द्रीय अस्पताल, क्षेत्रीय अस्पताल, उपक्षेत्रीय अस्पताल, अञ्चल अस्पताल र जिल्ला अस्पताल रहने गरी कानुनी व्यवस्था गर्न र स्नातकोत्तर तह अध्यापन गराउने विषयमा पनि छलफल भएको बताउनुभयो ।

उहाँले नेपालमा आवश्यकताअनुसारको विशेषज्ञ चिकित्सक नभएको र त्यसमा पनि एनेस्थेसियाको सङ्ख्या कम रहेको, फिजिसियन र सर्जनलाई चाहिने प्याथोलोजिस्ट, रेडियोलोजिस्टको सङ्ख्या आवश्यकताभन्दा निकै कम रहेकाले अभाव पूर्ति गर्न तत्कालका लागि ती अस्पतालबाट तालिम दिई अध्यापन सुरु गराउनु पर्ने बताउनुभयो ।

समितिले जनस्वास्थ्य, इमेजिङ, ल्याब टेक्नोलोजी र फिजियोथेरापीलगायतका विषयमा स्नातकोत्तर तहका विशेषज्ञ चिकित्सक आवश्यकताभन्दा निकै कम भएकाले सो व्यवस्था गर्न आवश्यक भएको सुझाव दिएको छ ।

त्यसको सुरुआत आगामी शैक्षिकसत्रबाट अध्यापन सुरु गर्ने र आवश्यक पूर्वाधारका लागि पनि छिट्टै काम सुरु गर्ने निर्णय गरिएको स्वास्थ्यमन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “समितिले सेवानिवृत्त चिकित्सकलाई समावेश गराएर आवश्यक ठाउँमा आगामी शैक्षिकसत्रबाट पठनपाठन गराउन सकिने सुझाव दिएको छ, काम गर्दै गरेका चिकित्सकलाई अध्यापनका लागि लाँदा नेपाल मेडिकल काउन्सिलबाट समस्या हुने भएकाले काउन्सिलको ऐन, नियम र कानुन परिमार्जनका लागि छलफल भइरहेको छ ।”

हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान मातहत २२ वटा अस्पताल छन् । आवश्यक परे जिल्लाका सक्षम अस्पताललाई पनि शिक्षण अस्पतालका रूपमा विकास र बिस्तार गरेर लान सकिने समितिले जनाएको छ ।

आगामी शैक्षिकसत्रबाट विशेषज्ञ चिकित्सकको पठनपाठन सुरु गर्न उपयुक्त अस्पतालमा मेची अञ्चल अस्पताल झापा, कोसी अञ्चल अस्पताल विराटनगर, गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजविराज, उपक्षेत्रीय अस्पताल हेटौैँडा, भरतपुर अस्पताल चितवन रहेको सुझावसमेत समितिको छ ।

यस्तै, लुम्बिनी अञ्चल अस्पताल बुटवल, भेरी अञ्चल अस्पताल बाँके, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत, बर्दिया जिल्ला अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा, धवलागिरि अञ्चल अस्पताल बाग्लुङ, सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर र उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पनि विशेषज्ञ चिकित्सकको पठनपाठन सुरु गर्न उपयुक्त सुझाव समितिको छ ।

संयोजक भुसालले बाहिरी मुलुकबाट अध्ययन गरेर आएका धेरै विशेषज्ञ चिकित्सक काउन्सिलको परीक्षामा अनुत्तीर्ण हुने गरेकाले नेपालको परिवेश बुझेका विशेषज्ञ स्वदेशमै उत्पादन गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति गणेश गुरुङले आवश्यक दक्ष जनशक्ति उत्पादनका लागि न्याम्सलाई स्तरवृद्धि गरी छाता विश्वविद्यालयका रूपमा लैजानु उपयुक्त हुने धारणा व्यक्त गर्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ