Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापित



२ चैत, काठमाडौँ । जनसङ्ख्या तथा वातावरण मन्त्रालय र अन्तर्राष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र (इसिमोड)को संयुक्त सञ्चालनमा स्थानीय रत्नपार्कमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भएको छ ।

धुलोका कण तथा ग्यास, डिजेल, पेट्रोल, दाउरा, गुइँठा बाल्दा आउने धुवाँको मात्र के कति छ भन्नेबारे सजिलै थाहा पाउन उक्त केन्द्र स्थापना गरिएको हो । केन्द्रको उद्घाटन गर्दै मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले विश्वमा नै प्रदूषणको समस्या रहेको सो यन्त्रबाट धुलो र धुवाँको मात्र कहाँ कति मात्रामा छ भन्ने सजिलै थाहा पाउन सकिन्छ भन्नुभयो. ।

इसिमोडका महानिर्देशक डेभिड मोल्डनले नयाँ प्रविधिअनुसार नेपाल सरकारसँग मिलेर आफ्नो संस्थाले विभिन्न क्षेत्रमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरेको जानकारी दिनुभयो ।

इसिमोडको सहयोगमा हाल रत्नपार्क, पुल्चोक, धुलिखेल,सौराहा र लुम्बिनीमा ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना भइसकेको छ । हिजोै नेपालका लागि अमेरिकी राजदूतावास, कान्तिपथ र महाराजगन्जमा पनि ‘वायु गुणस्तर मापन केन्द्र’ स्थापना गरिएको छ । इसिमोडको प्राविधिक सहयोगमा राजदूतावासमा केन्द्र निर्माण गरिएको हो ।

सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिजले नेपालमा वातावरणीय सहकार्यमा अमेरिकाले लामो समयदेखि साथ दिएको बताउँदै आगामी दिनमा पनि सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ