२ चैत,काठमाडौं, देशलाई दीर्घकालमा लोडसेडिङमुक्त गर्ने र बिजुली खेर जान नदिने रणनीतिक महत्वको पूर्वपश्चिम २२० केभी प्रसारण लाइनको भरतपुर–बर्दघाट खण्डको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनीको चरम लापरबाहीले आयोजनाको भविष्य अनिश्चित भएको छ । एकछिन अर्को बहाना खोज्दै काम रोक्दै आएको ठेकेदारले पछिल्लोपटक दुई साताअघि ६ वर्षपहिले भएको ठेक्का सम्झौता दररेट र विलम्ब लागत (दाबी) नपाए कामै नगर्ने पत्र विद्युत् प्राधिकरणलाई दिएपछि आयोजनाको भविष्य अनिश्चि बनेको हो। वन मन्त्रालयको सहमति पाएर प्राधिकरणले निर्माण सामग्री नवलपरासीमा थुपारेको एक वर्ष बितिसक्दा पनि चिनियाँ सरकारी कम्पनी चाइना सेन्ट्रल पावर ग्रिड (सीसीपीजी) ले दुई साताअघि प्राधिकरणलाई पत्र लेख्दै भनेको छ, पैसा नपाए हामी काम गर्दैनौँ । सीसीपीजीले अहिलेसम्म प्राधिकरण ९० करोड रुपैयाँ भुत्तानी लिइसकेको छ । उसले अहिले आएर उल्टै करिब डेढ करोड रुपैयाँ विलम्ब लागत प्राधिकरण मागेको छ । चिनियाँ ठेकेदारको ढिलासुस्तीबाट आजित अघिल्ला उर्जासचिव सुमनप्रसाद शर्माले चिनियाँ दूतावासमै गएर उक्त कम्पनीलाई काम गराइदिन ताकेतासमेत गरेका थिए । आजको अन्नपूर्ण दैनिक बाट ।