back
CTIZAN AD

खल्तीको अफर: फोनपेमा स्क्यान गरि भुक्तानी गर्ने र लिने दुबैलाई स्कुटर, स्मार्टफोन, र नगद जित्ने अवसर

वि.सं.२०७८ फागुन २६ बिहीवार

792 

shares

२६ फागुन, काठमाडौँ । खल्ती डिजिटल वालेटले फोनपे क्युआर स्क्यानमा टिभीएस एन्टोर्क, वान प्लस नर्ड, तथा रु. ५००० जित्ने “स्क्यान मा अफर” ल्याएको छ । यस अफरमा फोनपे क्युआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्ती मार्फत क्युआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि बिजेता हुनेछन् ।

यस क्याम्पेनमा बम्पर उपहार टिभीएस एन्टोर्क स्कुटर खल्ती बाट फोनपे क्युआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोनपे मर्चेन्टले प्राप्त गर्ने छन् । त्यसै गरि हरेक हप्ता दुई खल्ती प्रयोगकर्ताले वान प्लस नर्ड स्मार्टफोन एन १०० को साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा एक खल्ती प्रयोगकर्ताले रु. ५००० नगद पुरस्कार प्राप्त गर्नेछन् । यो अफर फागुन २६, २०७८ देखि बैशाख १०, २०७९ सम्म मान्य रहने छ ।

बम्पर पुरस्कार अनुरूप टिभिएस NTORQ 125 स्कुटर एक विजेता खल्ती प्रयोगकर्ता हुनेछन् भने फोनपे मर्चेन्टबाट एक बिजेता घाेषणा गर्नेछन् । यसैगरी साप्ताहिक पुरस्कार वन प्लस NORD N 100 खल्ती प्रयोगकर्ता २ जनाले र फोनपे मर्चेन्टमार्फत २ जनाले जित्न सक्नेछन् । यस्तै दैनिक पुरस्कार पाँच हजार रूपैयाँ खल्ती ब्यालेन्स पनि एक जना खल्ती प्रयोगकर्ताले जित्न सकिनेछ ।

यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,“हामीले हाम्रा हाल रहेका र भविष्यमा आउने खल्ती प्रयोगकर्ताहरूलाई आकर्षक उपहार र प्रोत्साहनसहित देशको कुनै पनि क्युआरमा सहज भुक्तानीको सुविधा प्रदान गर्ने उद्देश्यले आगाडी बढ्दै छौँ। ”

खल्तीमा हालै सुरु गरिएको फोनपे क्युआर को सेवाका कारण निकै प्रयोगकर्ताको लागि एउटा सजिलो माध्यम बन्न पुगेको छ । यसको साथै, अब खल्तीबाट जुनसुकै क्युआर सजिलै स्क्यान गर्न मिल्ने भएको छ ।

‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००ं सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ ।

वि.सं.२०७८ फागुन २६ बिहीवार १६:४२ मा प्रकाशित

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...