back
CTIZAN AD

रुसद्धारा विभिन्न सामाजिक संजाल बन्द गरिदिने चेतावनी

वि.सं.२०७८ फागुन २७ शुक्रवार

714 

shares

मस्को । रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु निरन्तर प्रकाशित हुन थालेपछि विभिन्न सामाजिक सञ्जाललाई बन्द गराउने चेतावनी रूसले दिएको छ ।

रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले फेसबुक र इन्स्टाग्रामलाई बन्द गरिदिने चेतावनी शुक्रबार दिएको हो ।

“रूसविरुद्ध यस्तै हिंसा भड्काउने सामग्री प्रकाशित भइरहे फेसबुक र इन्स्टाग्रामलाई बन्द गराउनु पर्ने आवश्यकता पर्न सक्छ,” रूसी एक अधिकारीले भने ।

फेसबुक सञ्चालक कम्पनी मेटाले केही समय अगाडि मात्रै यस विषयमा गम्भीर चासो व्यक्त गर्दै रूसविरुद्ध हिंसा भड्काउने सामग्रीलाई रातो बत्तिको संकेत उल्लेख गर्ने घोषणा गरेको थियो ।

मेटाले रूसविरुद्ध हिंसा भड्काउने सामग्रीहरु प्रकाशित गर्ने प्रयोगकर्ताहरूलाई केही समय फेसबुक प्रयोग गर्नैै नमिल्ने बनाइदिने चेतावनी पनि दिएको छ ।

रूसले युक्रेनमाथी आक्रमण गरेपछि त्यसविरुद्धमा सामाजिक सञ्जालहरूमा रूसविरुद्ध चर्को आलोचना गर्दै हिंसा भड्काउने सामग्री प्रकाशित हुन थालेका थिए ।

अमेरिकी कतिपय सञ्चार माध्यमहरुमा रूस र बेलारुसका राष्ट्रपतिको हत्या गर्नुपर्ने जस्ता प्रतिक्रियासहितका सामग्रीहरु प्रकाशित भइरहेको रूसी समाचार संस्था स्पुत्निकले जनाएको छ । एएनआई

वि.सं.२०७८ फागुन २७ शुक्रवार २०:५६ मा प्रकाशित

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

विदेशबाट फर्किएर पशुपालन व्यवसायमा रमाउँदै ढुंगाना

म्याग्दी (बेनी) । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले...

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

कोरलानाका भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन

मुस्ताङ । यहाँको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार...

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...