back
CTIZAN AD

सेवानिवृत्त कर्मचारीको उपयोग गरिने

वि.सं.२०७३ चैत ३ बिहीवार

903 

shares

३ चैत,काठमाडौँ  । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले अवकाशप्राप्त सेवानिवृत्त कर्मचारीलाई राज्यले सदुपयोग गर्नुपर्ने बताउनुभएको छ ।

यहाँ आज ‘पूर्वकर्मचारी सेवा परिषद्’को रजतजयन्ती समारोहमा उहाँले पूर्वकर्मचारीसँग देशको प्रशासन सञ्चालन गरेको अनुभव भएकाले देशको हितका लागि प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारले अन्य मुलुकको जस्तो यहाँका सेवानिवृत्त कर्मचारीलाई काममा लगाउन नसकेको धारणा राख्नुभयो ।

कार्यक्रममा मुख्य सचिव डा सोमलाल सुवेदीले सेवानिवृत्त कर्मचारीले मुलुकको समृद्धिका लागि सहयोग पु¥याउन सक्ने भएकाले सरकारले कुनै योजना बनाई तिनको सदुपयोग गर्ने बताउनुभयो ।
लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले अहिलेको सङ्क्रमणकालीन अवस्थामा सरकारले नीति नै ल्याएर पूर्वकर्मचारीको उपयोग गर्नुपर्ने सुझाव दिनुभयो । “संविधानले नै पूर्वकर्मचारीलाई राष्ट्रसेवकमा सहभागी गराउने व्यवस्था गरेको छ”– उहाँले भन्नुभयो, “सरकारले चाँडै नै संविधानमा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयन गर्नुपर्दछ ।”
सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पूर्वकर्मचारीको ज्ञान र सीपलाई राष्ट्रले उपयोग गर्ने वातावरण मिलाइने धारणा राख्नुभयो । “आगामी वर्षदेखि पूर्वकर्मचारीलाई कसरी उपयोग गर्न सकिन्छ भनेर अर्थ मन्त्रालयसँग बजेट माग गरेर योजना बनाउँछौँ”, उहाँले भन्नुभयो, “अहिले उहाँहरुलाई संविधान कार्यान्वयनको विज्ञका रुपमा लिनेछाँै ।” रासस

वि.सं.२०७३ चैत ३ बिहीवार १५:५६ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...