back
CTIZAN AD

काभ्रेपलाञ्चोकमा मात्रै एक सय ८९ मतदान केन्द्र

वि.सं.२०७३ चैत ५ शनिवार

894 

shares

५ चैत, बनेपा । स्थानीय निकायको निर्वाचनका लागि काभ्रेपलाञ्चोकमा एक सय ८९ मतदान केन्द्र कायम भएको छ ।

प्रजिअ शिवप्रसाद सिंखडाको संयोजकत्वमा शुक्रबार धुलिखेलमा बसेको मतदान केन्द्र सिफारिस समितिको बैठकले मतदान केन्द्र कायम गरेको जिल्ला निर्वाचन कार्यालय धुलिखेलले जनाएको छ । “विगतका निर्वाचनको मतदान केन्द्रलाई आधार मानेर नै मतदान केन्द्र कायम गरेका हौँ”, जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरेलले भन्नुभयो । उहाँका अनुसार जिल्लामा चार मतदान केन्द्र नयाँ थपिएको छ । अब मतदान केन्द्रअनुसार कर्मचारी व्यवस्थापनको काम हुने छ ।

विसं २०७० मा भएको संविधानसभाको निर्वाचनमा काभ्रेपलाञ्चोकमा एक सय ८५ मात्रै मतदान केन्द्र थियो । आगामी वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनका लागि नमोबुद्ध नगरपालिकामा नमोबुद्ध प्राथमिक विद्यालय केन्द्र, कुरुवास र धुलिखेल नगरपालिका–१२ मा बथलादेवी, निमावि केन्द्र तथा बनेपा नगरपालिका–३ र १३ मा एक÷एक केन्द्र नयाँ मतदान केन्द्र थप भएको छ । जिल्लामा छ नगरपालिका र सात गाउँपालिका छन् ।

वि.सं.२०७३ चैत ५ शनिवार ०३:३३ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...