Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाली क्रान्तिको मौलिक बाटो कस्तो हुनुपर्छ ?



नेपालमा समाजवाद उन्मुख पुँजीवादी जनवादी क्रान्ति र व्यवस्थाको नयाँ, अग्रगामी र मौलिक रूप खोज्नु जरूरी भएको छ । नेपाली विशिष्टता र मौलिकतामा आधारित भएर मात्र नेपालमा कम्युनिस्ट क्रान्ति र व्यवस्थालाई पूर्ण र सफल बनाउन सकिन्छ । यसरी मात्र नेपाल राष्ट्र, नेपाली जनता, नेपाली क्रान्ति र नेपाली व्यवस्थाको संरक्षण र सम्बर्द्धन गर्न सकिन्छ । तत्पश्चात् यस्तो नयाँ क्रान्ति र व्यवस्थाको मोडेललाई सर्वहारा अन्तर्राष्ट्रियतावादको भावनासहित अन्तर्राष्ट्रियकरण गरेर आफ्नो राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न सकिन्छ र सक्नुपर्छ ।

यस्तो क्रान्ति र व्यवस्था नाम वा रूपमा केही भिन्न भएपनि काम वा सारमा मूलतस् यो जनताको राष्ट्रिय जनवादी नै हुन्छ । तथापी, यो चीनको जस्तो तरिकाले क्रान्ति भएर चीनकै जस्तो हुबहु मिल्ने नयाँ जनवाद नभएर यसमा नयाँ जनवादका आधारभूत कुराहरूका अतिरिक्त नेपाली मौलिकता र विशेषतामा आधारित भएर गरिने क्रान्ति हुनाले यसमा एकातिर थप जनवादी अधिकारहरू जनतालाई प्राप्त हुन्छन् भने अर्कातिर राष्ट्रिय स्वाधीनता, स्वाभिमान र सार्वभौमिकताको संरक्षण र सम्बर्द्धनमा विशेष जोड दिइएको हुन्छ । यस्तो नयाँ स्वरूप खोज्नु पर्ने कारणमा एउटा त नेपालको भिन्न, विशिष्ट र मौलिक स्थिति हो भने अर्को कम्युनिस्ट नेताहरूका भ्रष्ट, दलाल र कायर चिन्तन र चरित्रका कारण पार्टी र आन्दोलनको बदनामी, बेइज्जति, विकृति, विसंगतिका कारण जनतामा बढेको वितृष्णा, विद्रोह र विष्फोट भावना पनि हो ।

त्यसैले सर्वप्रथम नेपाली मौलिकता र विशेषताबारे पहिचान गर्नु र नेपाली विशेषतामा आधारित भएर केही भिन्न र नयाँ तरिकाले क्रान्ति सम्पन्न गरी नयाँ व्यवस्थाको स्थापना गर्नु वान्छ्नीय मात्र नभै बाध्यता नै हुँदैछ । यहाँनेर क्युबामा फिडेल क्यास्ट्रोहरूले कम्युनिस्ट नेता र पार्टीहरू यहाँजस्तै बदनाम भएपछि उहाँहरूले कम्युनिष्ट र मार्क्सवादसमेतको नामै नलिइकन कम्युनिस्ट क्रान्ति सम्पन्न गरी केही राम्रा कामहरू गरिसकेपछि मात्र आफूहरू कम्युनिस्ट भएको घोषणा गर्नु भएको घटना-प्रकृया स्मरणीय हुन आउँछ । यसले पनि नयाँ र भिन्न प्रकृतिले क्रान्ति गर्ने कुरा सम्बन्धित देशको विशिष्टता र मौलिकतामा आधिरित हुँदै मालेमाको आलोकमा गर्ने कुरा जरूरी छ भन्ने स्पष्ट हुन्छ ।

नेपाली मौलिकता र विशेषताबारे पहिचान गर्नु र नेपाली विशेषतामा आधारित भएर केही भिन्न र नयाँ तरिकाले क्रान्ति सम्पन्न गरी नयाँ व्यवस्थाको स्थापना गर्नु वान्छ्नीय मात्र नभै बाध्यता नै हुँदैछ । यहाँनेर क्युबामा फिडेल क्यास्ट्रोहरूले कम्युनिस्ट नेता र पार्टीहरू यहाँजस्तै बदनाम भएपछि उहाँहरूले कम्युनिष्ट र मार्क्सवादसमेतको नामै नलिइकन कम्युनिस्ट क्रान्ति सम्पन्न गरी केही राम्रा कामहरू गरिसकेपछि मात्र आफूहरू कम्युनिस्ट भएको घोषणा गर्नु भएको घटना-प्रकृया स्मरणीय हुन आउँछ ।

मौलिकता शब्द मूल+इक+ता मिलेर बनेको छ । यसको अर्थ कुनै व्यक्ति, वस्तु वा देश विशेषको आफ्नो पहिचान र महत्वसँग सम्बन्धित विशेष, नयाँ, भिन्न, अद्वितीय कुरा भन्ने हुन्छ । विशिष्टता भन्नाले पनि करिब यस्तै अर्थ हुन्छ । कुनै वस्तु वा व्यक्ति अथवा स्थान कुनै अर्कोभन्दा फरक पार्ने गुण, लक्षण वा कामलाई जनाउने शब्दलाई विशेष भनिन्छ । यही विशेष कुराले नै सम्बन्धित वस्तु, व्यक्ति वा स्थानको पहिचान, मूल्य र महत्व झल्काउँछ । यही विशेष पहिचानलाई विशिष्टता भनिन्छ जो अन्यत्र प्रायः पाइँदैन । यसरी हेर्दा नेपालका त्यस्ता नयाँ, भिन्न र विशेष अर्थ र महत्वका आफ्नै पहिचान र अर्थ झल्काउने मूल कुराहरू अर्थात् मौलिकता र विशिष्टताहरू के हुन् त भन्ने बुझ्नु जरूरी हुन्छ ।

नेपाल सदा स्वतन्त्र राष्ट्र भएर पनि सन् १८७२ को सुगौली सन्धिदेखि नव उपनिवेश बन्ने क्रममा तीव्रता र पूर्णताको दिशामा गै आज देश साम्राज्यवादी-विस्तारवादीहरूको नवउपनिवेस बनिसकेको छ । वर्णाश्रम व्यवस्थाको व्याख्या, बुझाइ र व्यवहारले समाजमा वैमनस्य, विद्रोह र विभाजन ल्याएको, भूराजनीतिक संवेदनशीलता भएको, भूपरिवेष्ठित अवस्था र खुला सिमाना आदिका कारण अन्य अतिक्रमणका साथै जनसांख्यिक अतिक्रमणसमेत भैरहेको, दुई ठुला छिमेकी शक्तिराष्ट्रको मात्र होइन, यो देश विश्व साम्राज्यवादका मुख्य नाइकेहरू अमेरिका, युरोप लगायतका महाशक्ति राष्ट्रहरूको रणनीतिक र सामरिक चिन्ता, चासो र चलखेलको केन्द्र बनिरहेको अवस्था छ ।

देश बहुजातीयरनस्लीय, भाषिक, धार्मिक र सांस्कृतिक अवस्था भएर पनि एउटा हावी भएकोले फुटाउ र शासन गर भन्ने साम्राज्यवादी नीति लागू भैरहेको देखिन्छ । पूर्वीय ज्ञान-दर्शन र शास्त्रहरूको उद्गमभूमि, तपोभूमि र यज्ञभूमि रहिआएको अवस्था र प्राचीनतम पूर्वीय सभ्यता र संस्कृतिको उद्गमस्थल रहेको अवस्था, कृषिप्रधान देश भएर पनि कृषि उपजमा समेत परनिर्भर भएको, किसानबहुल समाज भएर पनि खेतीकिसानी गर्ने युवा शक्ति वैदेशिक रोजगारीमा गएको र रेमिटेन्सले अर्थतन्त्र धानेको, पढे लेखेका युवाहरूमा मात्र होइन जिम्मेवार प्रौढहरूमा समेत पश्चिमा देशहरूप्रति मोहनी लागेको, देशमा बस्ने युवा, प्रौढ र बृद्धबृद्धा सबै जसोमा, तिनमा पनि निष्ठा, नैतिकता र विचार-सिद्धान्तको राजनीति गरेकाहरू सबैजसो पार्टी र क्षेत्रमा उपेक्षा र उत्पीडनमा परेको तर, खाओ-कमाओवाद र गुट-लुटवादको हालीमुहाली र हुकुम-हैकम हावी रहेकोले देश, राजनीति र नेताप्रति आम अविश्वास र वितृष्णा भएको देखिन्छ ।

दलालीकरण, उदारीकरण र औपनिवेशीकरण र भ्रष्टीकरणले देशको अस्तित्व नै संकटग्रस्त बनेको र आर्थिकरूपले देश टाट पल्टिनै लागेको, सरकार र सदनका आसपासका नेता-कार्यकर्तामा भ्रष्ट, भिखारी, भीरू, भँडुवा, भाते र भाटे जस्ता भयंकर विकृत चिन्तन र चरित्र हावी भएको अवस्था छ । कथित कम्युनिस्टहरू दुई तिहाई शक्तिसहित सरकारमा जाँदा पनि देशलाई स्थिरता, सुशासन, शान्ति, सुरक्षा, समानता, स्वतन्त्रता, स्वाधीनता, स्वविवेक र स्वनिर्भरताको क्षेत्रमा सकारात्मक भन्दा नकारात्मक कामहरू गरेनन् । कम्युनिस्ट पार्टी र आन्दोलन गुट, फुट र लुटको सिकार भएर जनता-कार्यकर्तामा बढेको अकर्मण्यता, निराशा, पलायन, वितृष्णा र विद्रोहका प्रवृत्तिहरू बढेर विष्फोटको वातावरण बनेको, हरेक दशक जसोमा देशको अवस्था विष्फोटक बन्ने र त्यो शान्तिपूर्ण र संयुक्त जनआन्दोलन र सशस्त्र क्रान्तिकारी जनविद्रोहका भुल्का र झिल्काहरू देखापर्ने गरेका छन् । तर, तिनबाट प्राप्त उपलब्धिहरू उल्टै जनता र देशलाई निरर्थक र प्रत्युत्पादकजस्तै भएका समेत छन् । परिणामस्वरूप आज देश इतिहासमा कहिल्यै नपरेको आर्थिक संकटमा परेर टाट पल्टेको घोषणा गर्न मात्र बाँकी छ ।

कथित कम्युनिस्टहरू दुई तिहाई शक्तिसहित सरकारमा जाँदा पनि देशलाई स्थिरता, सुशासन, शान्ति, सुरक्षा, समानता, स्वतन्त्रता, स्वाधीनता, स्वविवेक र स्वनिर्भरताको क्षेत्रमा सकारात्मक भन्दा नकारात्मक कामहरू गरेनन् । कम्युनिस्ट पार्टी र आन्दोलन गुट, फुट र लुटको सिकार भएर जनता-कार्यकर्तामा बढेको अकर्मण्यता, निराशा, पलायन, वितृष्णा र विद्रोहका प्रवृत्तिहरू बढेर विष्फोटको वातावरण बनेको, हरेक दशक जसोमा देशको अवस्था विष्फोटक बन्ने र त्यो शान्तिपूर्ण र संयुक्त जनआन्दोलन र सशस्त्र क्रान्तिकारी जनविद्रोहका भुल्का र झिल्काहरू देखापर्ने गरेका छन् ।

यी विविध कुराहरू नै नेपालका मौलिकता र विशिष्टता हुन् । त्यसैले यिनलाई हेरेर नै नेपाली क्रान्तिको नयाँ बाटो र नेपाली व्यवस्थाको नयाँ मोडेल अर्थात् समाजवाद उन्मुख नेपाली जनवादी व्यवस्थाको नयाँ र मौलिक रूपरेखा कोर्नु पर्छ । यसपछि मात्र नेपालमा समाजवाद उन्मुख राष्ट्रिय जनवादी क्रान्ति कसरी हुन्छ र क्रान्तिपछिको कस्तो व्यवस्थाले के–कस्ता काम गर्छ भन्ने कुरा छर्लङ्ग हुन्छ । त्यसैले यसैअनुसार गर्नु नयाँ सोंच, शक्ति र शैलीअनुसार नयाँ क्रान्ति गरेर अघि बढ्नु नै नितान्तः वैज्ञानिक, वस्तुवादी र सही हुन्छ भन्ने देखिन्छ । यसो भएमा मात्र एकातिर नयाँ विचार, नयाँ पार्टी, नयाँ बाटो र नयाँ व्यवस्थाको विकास हुने र यसप्रति जनआकर्षण र विश्वास बढ्ने गर्छ । त्यससँगै क्रान्ति पनि नयाँ शिराबाट थालनी भै विकास, विस्तार र विजयसम्म पुग्ने कुरा सुनिश्चित हुन्छ !


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा