Logo
३० श्रावण २०७९, सोमबार
     Mon Aug 15 2022
E-paper
  English Edition
   Unicode
Logo

जिउँदा शहीद गणेश भन्छन् :आन्दोलन पुरा हुनै सकेन



ganesh-karkiप्रहरीबाट जबरजस्ती खोसेर जब सेनाले मलाई सिन्धुली र खनीयाखर्क बीचमा रहेको लाँकुरी बोट पु¥याएर मार्ने खासखुस गरेको सुनँे तब मैले ठाने म नतड्पाइकन सिधा गोलीले मारिने भएँ । शहिद बन्ने प्रतिबद्धता गरेरै मैले प्रहरीकोमा आत्मसमर्पण गरेको थिइन् । ‘क्रान्ति’ र ‘शहिद’ दुवै शब्द सम्झेर नै गोली खाने तम्तयारीमा आफूलाई उभ्याएँ । सैनिक कमाण्डरले आफ्नो टीमलाई आदेश दियो नजिकै… ठाउँ हेर ! ठाउँ हेर्न गएका सिपाहीहरू तुरुन्तै फर्केर भने … हजुर ठाउँ ठिक छ.. लाँदा हुन्छ । मलाई याद आयो गाउँ घरमा फाँसी दिनुभन्दा पहिले चौरासी ब्यन्जन दिन्छन् भन्ने कुरो । त्यो व्यङ्ग्य वा सहि के थियो त्यो आफ्नो ठाउँमा होला तर मैले एकसर्को चुरोट तान्ने अनुमति मागेँ…निकै जोडबलपछि चुरोट सल्क्यो… । मलाई….लैजान चौतारीबाट टीम अघि के बढ्दै थियो…. हँस्याङ्फस्याङ गर्दै नेपाल प्रहरीको इन्सपेक्टर सहितको टीम त्यहाँ आइपुग्यो र भन्यो… “साब यो गणेशलाई मार्न पाउनुहुन्न । प्रहरीको हिरासतमा रहेको कुरो बडा हाकिम र न्यायालयसम्म पुगिसकेको छ । यसको सम्पूर्ण जिम्मा मैले लिनुपर्छ ।” प्रहरी इन्सपेक्टरको अनुरोधमा सैनिक कमाण्डर निकै गर्जेर उसैलाई हप्काउन खोज्यो…। मलाई भने झलझली कतै देवदूतै त आइपुगेन भन्ने पनि लायो । तथापि मृत्यु स्विकारी सकेको मेरा लागि उनीहरूको विवादले खास अर्थ राखेन । दुई कमाण्डर र टीमबीच मेरा लागि नै युद्ध हुन्छ की जस्तो स्थिति देखा प¥यो । नागरिक शासनसँग जोडिएको नेपाल प्रहरीको हिरासतबाट सेनाले मलाई जबरजस्ती नै उठाएको थियो ।

विवाद लिएर दुवै कमाण्डर गढिको कर्णेलकोमा पुग्ने निर्णय गरे । सैनिक इन्सपेक्टरले मेरा विरुद्धमा मार्नै पर्ने कुरो दोहो¥यायो भने प्रहरीले आफ्नो बाध्यता भनिरह्यो । गढीका कर्णेलले माथिको आदेशका लागि काठमाडौं तार गरे अन्ततः “अहिले नर्मानु प्रहरीलाई नै बुझाउनु” भन्ने आदेश बमोजिम प्रहरीको जिम्मामा दिइयो ।

मेरो मनमा खेलेको थियो, ढिलो चाँडो ‘शहिद’ हुनैपर्छ बरु एउटै गोलीबाट सजिलो हुने थियो…नी…! भन्ने रह्यो भने अर्को तर्फ मृत्युको मुखैबाट बचेँ, अब म क्रान्तिका लागि ठूलो योगदान पु¥याउँछु भन्ने कुरो पनि प्रबल बनेर आयो । दुईतर्फी कुरो मनमा खेलाएकै बेला मलाई प्रहरीले रामेछाप चलान ग¥यो । हाकिमले साङ्लो समाउन भनेर आदेश दिँदा पनि डराएर मेरो हत्कडीको साङ्लो समात्न कोही अघि सरेनन् । र आफैंले प्रहरीलाई अनुरोध गरे “आउनुस्–आउनुस् मेरो हत्कडीले साङ्लो समाउनुस र कहाँ पु¥याउने हो पु¥याउनुस…” अन्ततः मलाई खोला–नाला..भीर र जंगलको बाटो हुँदै रामेछाप पु¥याइयो ।

उनका कथा सुन्दै जाँदा फिल्मको कथामा झैँ दृश्य घुमिरहन्छन् । नेपालको राजनीतिक आन्दोलनमा दुःख, कष्ट र हण्डर सहने पात्र त धेरै छन् तर, निःस्वार्थ भावको यस्तै फिल्मी कथा बेर्होनेहरूको संख्या भने कम नै छ । सिन्धुली जिल्ला मजुवा ४ नागीका गणेश कार्की राजनीतिक आन्दोलनका एउटा जिउँदा शहीद हुन् । सन् १९९७ मंसीर २६ गते बुधबार बाबा नैनबहादुर कार्की र आमा चन्द्रकुमारी कार्कीको कोखबाट जन्मिएका गणेश कार्की सिन्धुलीको सम्पन्न परिवामै जन्मिएका हुन् । ३–४ मौजाको जिम्मुवाल रहेका गणेशका बाबुले उनलाई घरमै मास्टर राखेर पढाएका पनि थिए । अझै वि.सं २०११÷१२ सालतिर गणेश काठमाडौँको जैशीदेवलमा आएर भर्ना पनि भए । विद्रंोही चेतना र परिवर्तनको आकांक्षा बोकेको गणेशलाई नत घरको सम्पन्नताले रोक्यो नत राज्यको दमनले नै छेक्यो । नेपाली कांग्रेसको मुक्ति सेनालाई सघाएर जिन्दावाद र मुर्दावादको आदतमा लागिसकेका उनलाई बाबुको जिम्मौली र सुखसयलका प्रतिस्प्रर्धाले पनि छोएन ।
उनी कांग्रेसको राजनीतिमा होमिए, प्रहरीले पक्राउ ग¥यो । आत्मसमपर्ण नगरी राज्यका विरुद्ध लड्ने शाहस देखाएको सूचनाका आधारमा सेनाले उनलाई प्रहरीबाट खोसेर मार्न लागेको थियो ।

उनको जीवनका भोगाइ र कथा रोमान्चक र साहसिक दुवै छन् । रामेछाप पु¥याइएपछि प्रहरीको खोरभित्रै उनले ठूलो लडाईं लडेँ । त्यहाँ पनि उनले ज्यानको आशा मारेका हुन् । स्मरण गर्दै गणेश भन्छन्, “सेनाबाट ल्याइसकेपछि मेरो विचार र अडानको सेखी झार्न प्रहरीले पनि निकै यातना दिन थाल्यो । उपियाँ र उडुसलाई टोकाएर बस्नुपर्ने बाध्यता त छँदैथियो त्यसमाथि एक इन्सपेक्टरले दिन थालेको यातनाबाट म निकै आक्रोशित थिएँ । आक्रोशलाई एक्सनमा कसरी ढाल्ने भनेर सोचेकै बेला प्रहरीको पिस्तोल र गोली राख्ने ठाउँमा आँखा पु¥याएँ । “म सँगै आस्थाका अरु साथीहरू पनि हुनुहुन्थ्यो । मैले एक्सनमा सहयोग गर्न अनुरोध गरेँ । उहाँहरू डराउनु भयो र मान्नु भएन । अनि मैले उहाँहरूलाई भनेँ म तपाईहरूलाई नमुछिकन एक्सन गर्छु तपाईहरू सुतेजस्तो र पल्टेजस्तो गर्नुस् ।”

आक्रोशको प्रतिशोध मात्र होइन मलाई अलिकति तालिम पनि थियो हतियारको । तर म दुश्मनको पञ्जामा उसैको हतियार प्रयोग गरेर उसैलाई ढाल्ने योजनामा लागेँ । पोजिशन लिने र अट्याक गर्ने कुरो ठाउँ र बाध्यता अनुसार हुन्छन् । मैले सबै नापजाँच गर्ने र धेरै सोच्ने स्थिति पनि थिएन । ज्यादति विरुद्धको आक्रोशले बढी काम गरेको थियो । मैले बिस्तारै पेस्तोल झुण्ड्याएको ठाउँबाट पिस्तोल निकालेँ । इन्सपेक्टरलाई ताक्दा हात काँपिरहेको सम्म सम्झन्छु… । त्यसपछि के भयोे मरो होशै गएछ ।
साथीहरूले भने अनुसार “ठूलो आवाज आएछ तर निशाना सहि ठाउँ परेन छ । मलाई प्रहरीहरूले निकै कुटेछन् । रगतपिच्छे भएछु । केही घण्टा होस बाहिर भएछु । बडा हाकिम धर्मबहादुर नै त्यहाँ आउने कुरो चलेपछि प्रहरीले मलाई होशमा ल्याउन प्रयास गरेका रहेछन् । बडा हाकिमले सोधे घर–ठेगाना र बाबुको नाम । मेरा बुबा चन्द्रबहादुर कार्की र मेरो नाउ गणेश कार्की भन्नासाथ उनी झसङ्ग भएँ । शायद उनैको दयाले होला.. प्रहरीको खोरमा मलाई थप यातना खानु परेन । कुनैबेला उनी मेरै घरमा पनि बसेका रहेछन् । प्रहरीले मलाई राजनैतिक मुद्दामा थप मुद्दा त लाउने नै भयो तर बडा हाकिम धर्मबहादुरको खटनपटनमा मलाई जेल पठाइयो र मुद्धामा सकेसम्म भाषा मिलाएर हल्का पार्न खोजियो । जसका कारण मलाई छुट्न सजिलो होस् ।” ऐक्यबद्धतासँगको भलाकुसारीमा गणेशले संघर्षको कथा सुनाए ।

उनलाई जेल पठाइयो । उनले सेन्ट्रल जेलमा पनि अर्को तहल्का मच्याएछन् । दुर्गानन्दलाई फाँसी दिएपछि सरकारले जेल प्रशासन पनि कडा बनाएको पृष्ठभूमिमा उनी त्यहाँ पु¥याइएका थिए । आपराधिक मनोवृत्तिका कैदी नाइकेहरूले “माल आयो–माल आयो” भन्दै उनलाई स्वागत गरे जस्तो पनि गरेको उनलाई यादै छ । भित्र एउटा सिआइडीले कांग्रेसलाई गाली गरिरहँदा उनलाई चित्त बुझेन । “बाबुलाई गाली गरेको सहन्थे तर पार्टीलाई गाली गरेको सहन सक्दिनथेँ,” गणेश भन्छन् । त्यहाँ पनि उनको आक्रोशले चिर्पट दाउरा देख्यो । मेसो मिलाएर उनले ठोके । र अन्ततः उनलाई गोलघरको कठोर यातना सहनुप¥यो ।

उनका बाबु पटक–पटक प्रधानपन्च भएको र धनीमानी भएकाले पञ्चायतमा फर्केर काम गरेमा माथिल्लोस्तरको पद दिने भनेर दरबारले समेत प्रयोग गर्न नखोजेको होइन, जेलबाट छुटेपछि उनी सिन्धुली रामेछापलाई कार्यक्षेत्र बनाउनु भन्दा रौतहटतिर बसाइ सरे जस्तो गरे । त्यहाँबाट उनले नेतृत्वसँग प्रत्यक्ष सम्पर्कमा रहेर आन्दोलनमा सक्रियता जनाइरहे ।

लोकतन्त्र र स्वार्थबाट मुक्त गणेश कार्कीले राजनीतिक पीडित सहायता समितिबाट नचाहँदा नचाहँदै पनि ५० हजार आर्थिक सहयोग लिए । तर त्यो भन्दा बढी उनले न पद न कुनै सुविधा नै लिएका छन् । “गिर्जाबाबु र किशुनजीले अप्ठ्यारोमा पारेर पैसा लिन बाध्य बनाउनु भयो त्यसको छुट्टै कथा छ” गणेशले ऐक्यबद्धतासँग भने । “परिवर्तन र जनताको मुक्ति” तथा राष्ट्रको समृद्धिको कुरा गणेशको मनमा अझै खट्केका छन् । ५ जना छोरीहरू उमा, ईश्वरी, उर्मिला, इन्दिरा, प्रमिला र साइपन, छोरा नातिकाजी र बुहारी रेणु तथा नातिनातिनाले भरपुर बनाएपनि नेपाललाई समृद्ध बनाउने चिन्ता गणेशमा अझै छ ।

ganesh-karki2

सत्ताको अविवेकी प्रयोग र व्यक्तिवादी संस्कृतिप्रति उत्तिकै आक्रोश व्यक्त गर्ने वैशका विद्रोही गणेशको विचारमा कुनै फेरबदल आएको छैन । “देशले केही देला भनेर विद्रोही बनेको थिइन्” गणेशको अभिव्यक्ति अहिले पनि दमदार नै छ । “जुन व्यवस्थालाई मास्न हामीले ज्यान दिएर लड्यौँ पटक–पटक ज्यानको आहुती दिन पनि तयार भयौँ तर, त्यहि व्यवस्थाको बाँकी अवशेषहरूसँग अहिले पनि पार्टीले गठजोड गरेको देख्दा परिवर्तनको छनक कतै देख्दिन” गणेश गुनासो गर्छन् । नेपाली जनताको जीवनस्तर उठ्न सकेको छैन । दुईचार सय नेता धनी भएर भएन । देश अझै गरिब छ । घरको गर्जो टार्न विदेशीनु पर्ने बाध्यता बढेकै छ । मलाई लागेको छ, आन्दोलन पुरा हुनै सकेन ।
प्रस्तुती ः चन्दा थापा

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

कोरोना कहर पछाडि विस्तारै तंग्रदै गरेको अर्थतन्त्रमा केही आशाका किरण पनि देखा पर्न थालेका

काठमाडौं । एक पछि अर्को गर्दै पार्टी परिवर्तन गरिरहेका नेपाल समाजवादी पार्टीका संयोजक डा.