back

पत्रकार महासङ्घ जुम्लामा महत

वि.सं.२०७३ चैत ६ आइतवार

627 

shares

 ६ चैत,जुम्ला । नेपाल पत्रकार महासङ् जुम्लाको पाँचौँ जिल्ला अधिवेशनले बरमबहादुर महतका अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन भएको छ ।

अधिवेशनले खुला उपाध्यक्षमा नेत्रबहादुर शाही, समावेशी उपाध्यक्षमा गीता शाही महत, सचिवमा धनबहादुर बुढा, कोषाध्यक्षमा ईश्वरी देवकोटा, खुला सहसचिवमा भरतबहादुर बोहोरा र समावेशी सहसचिवमा नौरते नेपालीलाई चयन गरेको छ । त्यस्तै खुला सदस्यमा विजय रावत, धर्मसिंह कठायत, कृष्णबहादुर बोहोरा, महिला सदस्यमा विष्णुमाया रोकाया र रतन नेपाली, आदिवासी÷जनजाति सदस्यमा साङ्मु लामा, दलित सदस्यमा तीर्थ वड, अपाङ्गता भएका सदस्यमा सूर्यबहादुर अधिकारी निर्वाचित हुनुभएको छ ।
प्रदेश पार्षद्मा सुरजकुमार सिंह, धनलाल बस्नेत, पदम रोकाया, शिवराज न्यौपाने, खगेन्द्रबहादुर मल्ल, देवीप्रसाद पाण्डे, शिवा शाही, कर्णबहादुर भण्डारी, तुलराम रावत, कृष्णमाया उपाध्याय, धीरज महत, जयऋषि उपाध्याय र मोहनविक्रम शाही रहेको अध्यक्ष महतले जनाउनुभयो ।

त्यसैगरी केन्द्रीय पार्षद्मा नरेश भण्डारी, रमेश आचार्य, पूर्णप्रसाद चौलागार्इं, गोर्खबहादुर थापा, नेत्रबहादुर शाही, भीम नेपाली साने, नरेन्द्रनाथ योगी, उमेश आचार्य, इन्दिरा थारु र लक्ष्मीप्रसाद देवकोटा रहेको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा जुम्लाले जनाएको छ ।

अधिवेशनको बन्दसत्रमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव प्रभात चलाउनेले खोज तथा अनुसन्धानमूलक पत्रकारितामा जोड दिन सबै पत्रकारलाई सुझाव दिनुभयो । निर्वाचन मण्डलका सदस्य राजबहादुर कुँवरले महासङ्घले कर्णालीको इतिहास तयार गर्नुपर्ने बताउनुपर्ने बताउनुभयो । रासस

वि.सं.२०७३ चैत ६ आइतवार ०७:३४ मा प्रकाशित

Himalayan Life AD
आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौँ । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन...

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

साँगा-धुलिखेल सडकः पुलबजार खण्डमा स्तरोन्नति सुरु

काभ्रे । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल खण्डको पलुबजार क्षेत्रमा स्तरोन्नति सुरु...

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी...

दार्चुलामा भूकम्प

दार्चुलामा भूकम्प

दशरथचन्द(बैतडी) । दार्चुलामा भूकम्प भएको छ । उक्त जिल्लाको घुसा...

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।...

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

तिला जलविद्युत् आयोजना : ३८ दशमलव ०७ बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा...