
गैरआबासीय नेपाली संघ –एनआरएनए)को पाँचौ एसिया प्यासिफिक सम्मेलन मार्च १८ देखि १९ मा मलेसियामा सम्पन्न भएको छ । होटेल ग्राण्ड कन्टिनेन्टल क्वालालम्पुरमा सम्पन्न उक्त सम्मेलनको उद्घाटना परराष्ट्र मन्त्री डा प्रकाशशरण महतले गरेका थिए । सम्मेलनमा नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरञ्जीवी नेपाल, त्यस्तै एन आर एनका अध्यक्ष शेष घले, नेपाल राष्ट्र बैक का गभर्नर, मलेसियाका लागि नेपाली राजदूत निरन्जनमान बस्नेतका साथै एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, प्रमुख संरक्षक जीबा लामिछानेको पनि उपस्थिति थियो । सम्मेलनमा उपाध्यक्ष भबन भट्ट र कुमार पन्त, महासचिव बद्री के सीका साथै ४० देशका एनआरएनए अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
सम्मेलनले नेपाल र मलेशियाको राष्ट्रीय धुनबाट सुरूभएको उक्त कार्यक्रममा एनआरएनहरूका बिबिध बिषषहरुमा छलफल गरेको थियो ।
सो अवसरमा कार्यक्रममा सुजुकी एसिया च्यालेन्ज नामक एसियाको मलेशियाको क्वालालम्पुरबाट सम्पन्न भैरहेको अन्तराष्ट्रिय मोटरसाइकल रेस एशिया सुजुकी च्यामपिएनसिपमा दोश्रो पटक भाग लिन मलेसिया आउनुभएका नेपाली अन्तराष्ट्रिय बाइक रेसर बिक्रम थापा र उनका सहयोगि सोहिल सुबेदिलाई सम्मान गरिएको थियो ।
उनीहरुले यो कार्यले संन्सारभरी नेपाल र नेपाली को नाम फैलाउन जोखिम पुर्ण खेल खेल्नूभएकोमा प्रसंसा गर्दै प्रमाणपत्रद्वारा अभिन्नदन गरिएको थियो । बिक्रम थापा एसियाको रेसरहरूको अन्तराष्ट्रिय तालिकामा नेपाललाइ १५ नं मा अंड़कित गर्नसफल भएका छन ।