back

काभ्रेका कृषकलाई आठ लाखसम्म अनुदान

वि.सं.२०७३ चैत ६ आइतवार

579 

shares

६ चैत, बनेपा। काभ्रेपलाञ्चोकमा कृषक तथा सहकारी संस्थाले पशु उत्पादनलगायत विभिन्न शीर्षकमा रु पाँच सयदेखि आठ लाखसम्म अनुदान पाएका छन् ।

जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक मणिप्रसाद सापकोटाले पशु आहार, सहकारी खेती तथा बङ्गुरपालन कार्यक्रममा कृषकलाई त्यस्तो अनुदान दिइएको बताउनुभयो । उहाँले जिल्लामा कुल रु एक करोड ४५ लाख कृषक र सहकारीलाई अनुदान उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो । युवा लक्ष्यित पशु उत्पादन शीर्षकमा छजना कृषकलाई रु एक लाख ७० हजारका दरले अनुदान उपलब्ध गराइसकिएको छ ।

त्यस्तै, गाई तथा भैँसीपालनमा २० जनालाई रु एक–एक लाख र बाख्रापालनमा रु दुई–दुई लाख उपलब्ध गराइएको छ । त्यसैगरी, बङ्गुरपालनमा एकजनाले रु चार लाख र पाँचजनाले रु दुई–दुई लाख अनुदान पाएका छन् ।

यस्तै, कुखुरापालनतर्फ सहकारी संस्थालाई रु पाँच लाख, पशु आहार मिसनतर्फ रु पाँच सयदेखि २० हजार र बङ्गुरपालनमा रु आठ लाख एक सहकारी संस्थालाई उपलब्ध गराइएको छ । “यसबाट उत्पादन बढाउने र कृषकलाई आत्मनिर्भर गराउने उद्देश्य हो,” जिल्ला पशु सेवा कार्यालय, धुलिखेलका पशु चिकित्सक सापकोटाले भन्नुभयो । उहाँले अनुदानको रकम वितरणको काम जारी रहेको उल्लेख गर्दै अनुदान रकम उत्पादन बढाउने काममै लगाउन कृषकसँग आग्रह गर्नुभयो ।

वि.सं.२०७३ चैत ६ आइतवार ०९:३१ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...