Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

तपाई भर्खरै जापान प्रवेश गर्नु भएको छ ? नरेन्द्र भन्छन्–यी कुरामा ध्यान दिनुहोस्



गैरआवासीय नेपाली अभियन्ता तथा समाजसेवी नरेन्द्र बस्नेत ‘दिनेश’ले नेपालबाट भर्खरै जापान पुगेका युवायुवतीका लागि सुझाव दिएका छन् ।

झन्डै ३ बर्षदेखि रोकिएको जापान प्रबेश खुलेसँगै ऐले एकैपटक अधिक संख्यामा अन्य देशसँगै नेपाली विद्यार्थीहरु पनि बढेकाले उनिहरु ठगिएको, ठगिन सक्ने तथा शोषित हुने र शोषित हुनसक्ने भन्दै उनले सचेत रहन समेत अनुरोध गरेका छन् ।

उनले भनेका छन्–
‘झन्डै ३ बर्षदेखि रोकिएको जापान प्रबेश खुलेसँगै ऐले एकैपटक अधिक संख्यामा अन्य देशसँगै नेपाली विद्यार्थीहरु बढेका छन् । यो पटक कान्साइको ओसाका, क्योटो, कोबे, नारामा हालसम्मकै उच्च भनिएको छ ।

सबैका आ–आफ्नो किसिमको समस्या बाध्यता या रहरको कारक जतिसक्दो चाँडो काम पाउन पाए हुनेथियो भन्ने ध्येय हुन्छ जुन स्वाभाबिक पनि हो ।

आज नयाँ भाई बैनिहरु ठगिएको, ठगिन सक्ने शोषित हुने शोषित भएको बारेमा सचेतना पूर्ण जानकारी गराउँदछु ।

ऐले धेरै जस्तो हाक्केन कम्पनी (Job Recruitment Company)मा नेपालीहरुको लागि भनेर नेपाली स्टाफ हुन्छ जस्ले तपाईंहरुलाई निःशुल्क काम लगाउन र अन्य काम सँग आवश्यक कुराहरुमा सहयोग गर्नुहुनेछ । काम लगाइदिए बापत कमिसन दिनुपर्ने अवस्था ऐले नभएकोले कमिशन माग्ने ठगहरुबाट जोगिनुहोला ।

हिजो भर्खर मात्रै कोबेमा एउटा फटहाले नयाँ बैहिनीलाई गलत नियतको हर्कतको प्रयास गरेको कुरा बाहिरिएको छ ।

१) विद्यार्थीको लागि सहयोग गर्छु भनेर सन्जालमा लेख्ने संघ÷संस्थामा आबद्ध सबै ठिक हुन्छन् भन्ने छैन । संघसंस्थालाई हतियार बनाएर ठग्न खोज्नेहरुको पनि जानकारि आएकोले तपाइले भेटेको सहयोग गर्न खोजेको कस्तो ब्यक्ती हो त्यसको बारेमा एकैपटकमा गार्हो भएपनि बुझ्ने प्रयत्न गर्नुभएमा केही पर्दा अगाडि बढ्न सजिलो हुन्छ ।

२) बिशेषत चेलिबेटी हरुलाइ काम लगाउने या लगाएको ठाउँमा सिकाउने निउमा गलत कृयाकलाप गर्न खोज्ने प्रतिकार गरेमा बिभिन्न धाक धम्की देखाएर शोषणको दुश्प्रयास गरेको घटनाहरु बाहिरिएको हुनाले चेलिबेटीहरु सजग रहनुहोला ।

आफ्नो गल्ती नभैकन दुव्र्यबहार गर्न खोज्ने त्यो जापनिज भएपनि नेपाली भएपनि सेन्पाइ या शिक्षक जोसुकै भएपनि डटेर प्रतिकार गर्नुहोला । जो सुकै होस् शोषण या दमन गर्न खोज्नेलाई शुरुवाती चरणमै प्रतिकार या रोक्ने प्रयास गर्नुहोस् । जापान नियम र कानुनी परिधिमा चल्ने देश भएकोले आफ्नो गल्ती कमजोरी नभए कसैसँग डराउनु वा झुक्नु पर्दैन ।

३) कोरोना कहरको बेला केहि समय अगाडि नेपालबाट आउनेहरुले सार्वजनिक यातायात प्रयोग गर्न नपाउने बेलामा घर–घरमा पुर्याउने जस्तो मानबिय सहयोग गर्छु भनेर बेलुकाको समयमा सिधा साधा जस्तो लाग्ने खालका चेलिबेटीहरुलाई रुम पुर्याउने बहानामा सम्भबत योजनाबद्ध रुपमा हुनसक्ला, ‘गाडि बिग्रिएकोले भोली बिहान् नभै अगाडि बढ्न नसकिने’ भन्दै वाध्यत्मक परिस्थिती सृजित गरि होटल या आफु अनुकुलको ठाउँमा लगेर शोषणको प्रयास गरेको कुराहरु आएको छ ।

स्मरण रहोस् जापानमा गाडि बिग्रिने या त्यस्तो केही प्राबिधिक समस्याहरु आएर बिपत परि रात कतै गुजार्नु पर्ने अवस्था रहदैन । केही समय लाग्ला तर मर्मत को सुबिधा हुन्छ। त्यो पनि शहर भित्रै त झन कल्पना भन्दा बाहिरको कुरा हो।

सामाजिक खोल ओडेर वाध्यात्मक परिस्थितीको गलत फाइदा उठाउन खोज्नेहरु देखी सजग रहनुहोला ।

मेहनत र इमान्दारितामा विश्वाश गरि धैर्यताको साथ अगाडि बढन सक्नेहरुलाई जापान अवसरै अवसरको देश हो । केहि समय लाग्न सक्छ तर काम अवस्य पाइने भएकोले काम नपाउन्जेलको अधिकतम समय भाषा सुधारमा खर्चिनु भएमा तपाइको अध्ययन र सहज जीवनको लागि सजिलो हुनेछ ।

नोटः– जापानमा कोरोना ऐले पनि दैनिक ३०,००० भन्दा माथि भएकोले अनिवार्य मास्क प्रयोग साथै स्वास्थ्यमा सजग रहनु होला ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई

काठमाडौं । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक रुपमा दिएको चुनौतिलाई हेर्दा लाग्थ्यो, कालिकोट