back

गैंडाछाप सिमेन्टको उत्पादनमा वृद्धि

वि.सं.२०७३ चैत ६ आइतवार

681 

shares

 ६ चैत, गाईघाट (उदयपुर) । पछिल्लो समयमा ऊर्जा आपूर्ति सहज भएसँगै नेपाल सरकारको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले आफ्नो उत्पादनमा वृद्धि गरेको छ ।

उद्योग व्यवस्थापनका अनुसार उद्योगले हाल साढे पाँच सयबाट दैनिक सात सय मेट्रिक टन गैंडाछाप सिमेन्ट उत्पादन गर्ने गरेको छ । सिमेन्ट उत्पादनमा वृद्धि हुनाका कारणबारे उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल भन्नुहुन्छ, “विगतमा उद्योगलाई आवश्यक पर्ने कोइला, विद्युत् र सामग्री ढुवानीमा समस्या हुने गरेको थियो । अहिले त्यस्ता समस्या छैनन् ।

केही समययता आएर ऊर्जा आपूर्ति सहज हुँदै गएपछि उद्योगले सिमेन्ट उत्पादन क्षमतामा वृद्धि गरेको उद्योग व्यवस्थापनको भनाइ छ । उद्योगको सिमेन्ट उत्पादन गर्ने केही मेसिनको समेत मर्मत गरिएकाले प्रतिदिन सात सय मेट्रिक टन उत्पादन गर्न सम्भव भएको महाप्रबन्धक पौडेल बताउनुहुन्छ ।

चालु आवको अन्त्यसम्ममा उद्योगले रु २५ देखि ३० करोडसम्म आम्दानी गर्नेसमेत उद्योग व्यवस्थापनको दाबी छ । उद्योगमा अहिले अढाइ लाखभन्दा बढी सिमेन्ट भण्डार गरिराखिएको बताइन्छ । उदयपुर सिमेन्ट उद्योगको दैनिक सिमेन्ट उत्पादन गर्ने क्षमता आठ सय मेट्रिक टन हो । रासस

वि.सं.२०७३ चैत ६ आइतवार ०९:५३ मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

सिप्रदी ट्रेसिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा

काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेसिङ...