Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

शीर्ष तहबाटै धम्क्याउने र लोभ्याउने अभिव्यक्ति, देउवा पत्निको चर्चा सबैभन्दा बढी



काठमाडौं । स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहितामा जुलुस, आमसभा, कोणसभालगायतको समय मात्रै तोकेको छैन गर्न पाइने/नपाइने अन्य विषयहरु पनि स्पष्ट किटान गरेको छ । आयोगले यसअघिका भद्दा चुनावी प्रचार शैलीलाई समेत ध्यानमा राख्दै कडाई गरेको छ । तर, आयोगले जारी गरेको आचारसंहिता पालनामा भने निकै उदासिनता देखिएको छ ।

अहिले आयोगले जारी गरेको आचारसंहिताको पालना नभएको मात्रै होइन, मतदातालाई धम्क्याउने, लोभ्याउने प्रकृतिका भाषणबाजीसमेत खुलेआम हुन थालेका छन् । जुन नेतृत्व पंक्तिबाटै भइरहेको देखिन्छ ।

अहिले पूर्वप्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको चर्चा धेरै भएको छ । प्रचण्डले बिहीबार भरतपुुरमा आयोजित चुनावी सभामा उम्मेदवारलाई “हसिँया हथौडामा भोट नहाले देश दुर्घटनामा जान्छ” भन्दै मतदातालाई धम्क्याएका थिए । उनले देशलाई स्थिरता दिन पनि आफ्ना उम्मेदवारलाई जिताउनुपर्ने बताएका थिए । “हँसिया हतौडामा भोट हाल्दिन भन्नुभयो भने, मलाई आंशकाले हेरेर गठबन्धन कमजोर पार्न खोज्नुभयो भने म त अब दायाँबायाँ गर्दिन, तर देश दुर्घनामा पर्ने खतरा छ”, उनले भनेका थिए ।

प्रचण्डले दिएको अभिव्यक्ति अहिले निकै चर्चा छ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले निर्वाचन आयोगले ध्यान दिनुपर्ने माग गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले “आयोगले के हेरेको छ ?” भन्ने प्रश्न तेर्साएका थिए ।

अहिले प्रचण्डसँगै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको अभिव्यक्ति पनि सामान्य खालको छैन् । उनले “कांग्रेसले नतित्ने ठाउँमा बजेट नै नपठाउने” अभिव्यक्ति दिएकी थिइन् । उनले बजेट पाउनका लागि पनि मतदाताले कांग्रेसलाई जिताउनुपर्ने बताइएकी थिइन् ।

बिहीबार डडेलधुरामा आयोजित चुनावी कार्यक्रममा बोल्दै देउवापत्नी आरजुले भनेकी थिइन्, “जहाँ हाम्रो मेयर नै हुन्न त्यहाँ हामी किन पैसा पठाउँछौं ? कसले पैसा पठाउने ?”, आरजुले धम्क्याउँदै भनेकी थिइन, “अहिले पार्टी सिस्टम छ, पाँच दलको गठबन्धन छ, करुवावालाको फोन कसले उठाउँछ ? कसले मान्छ उनीहरुले भनेको ?”

आरजुले उम्मेदवारलाई भोट दिन धम्क्याएकी मात्रै छैनन् उनले आफ्ना उम्मेदवारलाई जिताए केहीलाई मलेसिया पठाइदिने भनेर लोभ्याएकी पनि छिन् । कैलालीमा भएको चुनावी कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई सहयोग गर्ने युवाहरुलाई “फ्री भिसा, फ्री टिकट”मा मलेसिया पठाउने आश्वासन पनि दिएकी थिइन् ।

उम्मेदवारलाई पनि धम्क्याउँदै र लोभ्याउँदै

अहिले पाँच दलीय सत्ता गठबन्धनले ६ महानगर र ११ उपमहागरनमा साझा उम्मेदवार उठाएको छ । तर, अधिकांश ठाउँमा साझा उम्मेदवार उठाएको प्रति ती दलहरुभित्र तिव्र असन्तुष्टी देखिएको छ । असन्तुष्ट नेता तथा कार्यकर्ताहरुले कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारी पनि दिएका छन् ।

तर, स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई गठबन्धनका शीर्ष नेताहरुले खुलेआम धम्क्याउने र लोभ्याउने गरेका छन् । नेताहरुले स्वतन्त्र उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन चेतावनीपूर्णं शैलीले भाषणबाजी पनि गरिरहेका छन् । बिहीबार भरतपुरमा भएको पाँच दलीय सत्ता गठबन्धनको चुनावी सभामा बोल्ने अधिकांश नेताले कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेललाई फिर्ता लिन धम्क्याएका थिए ।

अभिव्यक्तिमाथि छानबिन थाल्ने

निर्वाचन आयोगले आचार संहिता विपरित आएका अभिव्यक्तिमाथि छानबिन थाल्ने भएको छ । आयोग स्रोतले बताएअनुसार आइतबार नै विवादास्पष्द अभिव्यक्ति दिने नेताहरुलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको छ ।

“केही अभिव्यक्तिका बारेमा उजुरी पनि परेका छन्, ती अभिव्यक्तिहरु आचारसंहिता विपरित देखिन्छन्”, आयोगका एक सदस्यले भनेका छन्, “छानबिन समिति नै गठन गरेर स्पष्टीकरण सोध्ने तयारी भएको छ ।”

आयोगले यसअघि नै कतिपय अभिव्यक्तिलाई नोटिसमा राखेको बताएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । मगर संघ युकेद्धारा आयोजना हुने ओपन कन्सर्टको तयारी पूरा भएको छ ।

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय