Logo
२४ श्रावण २०७९, मंगलवार
     Tue Aug 9 2022
E-paper
  English Edition
   Unicode
Logo

कृष्ण बजगाईंको नियात्रा सार्वजनिक



 ६ चैत, काठमाडौँ । बेलायतको राजधानी लन्डनको ‘स्पिकर्स कर्नर’मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘युरेसियाको स्पर्श’ आज सार्वजनिक गरिएको छ ।
साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र शर्माले उक्त पुस्तक सार्वजनिक गर्दै आगामी दिनमा प्रकाशनले बेलायती स्रष्टाका कृति प्रकाशन गर्दै जाने जानकारी दिनुभयो । उहाँलेसाझा प्रकाशन बचाउन बेलायतमा रहेका नेपाली स्रष्टाबाट सहयोगको अपेक्षा पनि गर्नुभयो ।

नेपाल बेलायतको दौत्य सम्बन्ध कायम भएको द्विशतवार्षिकीका अवसरमा नेपाली दूतावास लन्डनमा आयोजित पुस्तक प्रदर्शनीमा साझा प्रकाशनका दुई सय शीर्षकका तीन हजार थान पुस्तक राखिएका छन् । लामो समयदेखि बेलायतमा रहेर कथा, लघुकथा, नियात्रा, कविता आदि विधामा कलम चलाउँदै आएका साहित्यकार बजगाईंको सो सातौं कृति साझा प्रकाशनले बजारमा ल्याएको हो । चीन, जर्मनी, बेलायत, फ्रान्स, बेल्जियम तथा लक्जेम्बर्गका सत्र वटा यात्रानुभूति उक्त पुस्तकमा रहेको साहित्यकार बजगाईँले जानकारी दिनुभयो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को लागि लिइने परीक्षामा ७० अंक ल्याए पास

काठमाडौं । काठमाडौंको मुटु मानिने थापाथलीमा रहेको नर्भिक अस्पतालले एक रोपनी ८ आना १

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ घण्टामा नर्भिक अस्पताल परिसरमा सरकारी सम्झौता

नवलपुर– पढाईमा उत्कृष्ट हुन थालेपछि नवलपुरमा निजी छाडेर सरकारी विद्यालय रोज्ने बढ्न थालेका छन्