Logo
७ जेष्ठ २०७९, शनिबार
     Sat May 21 2022
E-paper
  English Edition
   Unicode
Logo

गुल्मी जिल्ला समाज युकेको अध्यक्षमा बीरबहादुर बलाल,यस्तो छ नयाँ कार्यसमिति



युके । गुल्मी जिल्ला समाज बेलायतको अध्यक्षमा बीरबहादुर बलाल निर्वाचित भएका छन् ।

अप्रिल २४ मा अल्डरसटको प्यालेस हलमा सम्पन्न समाजको सातौ अधिबेशनले बलालको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यसैगरी समाजको उपाध्यक्षमा मञ्जु भण्डारी, वरुण भण्डारी, तारा भट्टराई, महासचिवमा रुद्र थापा, सचिवमा महलाल घिमिरे, कोषाध्यक्षमा मुकुन्द खराल, सहकोषाध्यक्षमा तेज श्रीष र सदस्यहरुमा डम्बरबहादुर श्रीष, राम पाण्डे, दुर्गा सापकोटा, राधा खरेल र मीना न्यौपाने निर्विरोध निर्वाचित भएका हुन् ।

मीन दर्लामी प्रमुख र मोति भण्डारी, केशव भण्डारी, क्या ताम ढेगा, ओम गुरुङ र चक्रबहादुर राना सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गर्दै नयाँ पदाधिकारीहरुलाई शपथग्रहण गराएका थिए ।

May be an image of 16 people, people standing and indoor

नवनिर्वाचित कार्यसमितिलाई समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्वअध्यक्षहरु अर्जुन गौतम, राम गलामी तथा निवर्तमान अध्यक्ष टोप पल्ली, सल्लाहकारहरु दुर्गा पाण्डे, विनोद ज्ञवाली, राजन श्रेष्ठ, डा विष्णु घिमिरे, नेपालबाट उपस्थित अतिथि बेदप्रसाद शर्मा लगायतले नयाँ कार्यसमितिलाई बधाई एवम् शुभकामना दिएका थिए।

अध्यक्षमा निर्वाचित बलालले संस्थाको नेतृत्व सुम्पने समाजका अग्रजहरुप्रति आभार व्यक्त गर्दै संस्थालाई थप गतिशील बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए । समाजको स्थापनाकालदेखि सक्रिय रहँदै आएका बलालले यसअघि सचिव, महासचिव लगायतका पदमा रहेर समाजका लागि विशेष भूमिका निर्वाह गर्दै आएका थिए ।

May be an image of 9 people and people standing

निवर्तमान अध्यक्ष टोप पल्लीको अध्यक्षता, उपाध्यक्ष तारानाथ भण्डारीको स्वागत तथा अर्का उपाध्यक्ष मति पुनको शुभकामना मन्तव्य रहेको उक्त पहिलो सत्रको कार्यक्रममा निवर्तमान कार्यसमितिका तर्फबाट महासचिव बीर बलालले वार्षिक प्रगति तथा सहकोषाध्यक्ष तारा भट्टराईले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मुगु संसार न्यूज । स्थानीय तह निर्बाचनमा मुुगुका धेरै स्थान जित्नेमा पहिलो पार्टी बनेको

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी नेृत रेनु दाहालले निरन्तर

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीयतहमा निर्वाचित जनप्रतिनिधिहरुलाई आफुलाई