back

ज्योति लाइफको ब्राण्ड एम्बेस्डरमा पुनः राजेश हमाल

वि.सं.२०७९ वैशाख २६ सोमवार

126 

shares
NTC AD
Global IME AD

काठमाडौं । ज्योति लाइफको ब्राण्ड एम्बेस्डरको रुपमा कम्पनीले नायक राजेश हमाललाई नै निरन्तरता दिएको छ ।

कम्पनीको स्थापनाकाल देखिनै हमाल ज्योति लाइफको ब्राण्ड एम्बेसडर रहँदै आएकामा दुई पक्षबीच बिहीबार पुनः सम्झौता नवीकरण गरिएको हो ।

सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै हमालले हस्ताक्षर गरे ।

सम्झौताअनुसार ब्राण्ड एम्बेसडर हमालले ज्योति लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिनेछन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले हमालसँगको सहकार्यले ज्योति लाइफको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिए ।

हमालले पनि ज्योति लाइफको ब्राण्ड एम्बेस्डरमा निरन्तरता दिन पाउँदा खुसी लागेको र कम्पनीको प्रगतिमा राम्रो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

वि.सं.२०७९ वैशाख २६ सोमवार ०८:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिनेको संख्यामा वृद्धि

जानकी (बाँके) । नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा...

लक्षित वर्गका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

लक्षित वर्गका लागि सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै

  चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई...

स्वास्थ्य बीमा कार्यक्रममा कैदीबन्दी आबद्ध

स्वास्थ्य बीमा कार्यक्रममा कैदीबन्दी आबद्ध

काठमाडौँ । केन्द्रीय कारागारका कैदीबन्दीलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको...