
२६ वैशाख, काठमाडौँ । नेपाल र जिम्बाबे ‘ए’ बिचको तेस्रो तथा अन्तिम एकदिवसीयसमा नेपालले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय लिएको छ ।
३ खेलको एकदिवसीयस श्रृखला अहिले १-१ को बराबरीमा रहेको छ । आजको खेलमा जित हासिल गर्ने टिमले यस ३ खेलेको एकदिवसीय श्रृखला २-१ ले आफ्नो नाममा गर्ने छ ।
वर्षाको कारणले ५० ओभरको खेललाई ३३ ओभरमा घटाइएको छ । यस अनुसार दुवै टिमले ३३/३३ ओभर ब्याटिङ्ग गर्न पाउने छन ।
नेपाल र जिम्बाबे बिचको खेल नेपाली समय अनुसार १२:३० बाट सुरु हुनेछ ।