
नेपाली सामाजिक तथा सांस्कृतिक समाज (नेसास) अष्ट्रियाले सदाको बर्षमा जस्तै यसवर्ष पनि नेपाली नयाँवर्ष भव्यरुपमा मनाउने भएको छ ।
समाजले ८ अप्रिलका दिन कलाकारहरुको उपस्थितिमा विविधि सांस्कृतिक प्रस्तुतिका साथ नयाँवर्ष २०७४ मनाउने भएको छ ।
उक्त अबसरमा अष्ट्रियामा रहनु भएका सम्पूर्ण दाजु भाई दिदी बहिनीहरुको भेटघाट, नयाँ वर्षको शुभ–कामना आदानप्रदान गर्नुका साथै स्वादिष्ठ नेपाली परिकार सहित रात्रीभोजको पनि व्यवस्था गरिएको बताइएको छ । समाजले कार्यक्रममा परिवारसहित उपस्थिति भइदिन पनि अनुरोध गरेको छ ।