
काठमाडौ । कतारी पर्वतारोही तथा राजकुमारी शेखा आश्मा अलथानीले विश्वको तेस्रो अग्लो हिमालको सफल आरोहण गरेकी छन् ।
राजकुमारी आश्मा ८,५८६ मिटरको उचाइमा रहेको नेपाल र भारतको सीमाना बीचमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको शिखरमा पुग्ने पहिलो अरब महिला बनेकी छन् ।
राजकुमारी आश्माले आफ्नो इन्स्टाग्राममा स्टाटस राख्दै शेखा आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब नागरीक हुन पाएकोमा गर्व लागेको बताएकी छन् । उनले आफ्नो पोष्टमा लेखेकी छन् ‘’म केहि दिन विरामी परेकी थिएं त्यसैले आंटेको हिमाल चढ्न सक्दिन की झैं लागेको थियो । तर, जम्मा दुइ दिनमै भब्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।‘’
उनले आफ्नो पोष्टमा भनेकी छन् हिमाल चढ्न सहज थिएन र यसले मलाइ अझै हिम्मत दिएको छ । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसंगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।’
उनले आफ्नो सफलताका पछाडी बलियो टीमको साथ र सहयोग रहेको पनि उल्लेख गरेकी छन् । जसमा निम्स दाइ लगायतका टीमले उनलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गरेकी छन् ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाइ लगायतका टीमसंग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केहि समय हिमाल आरोहणमै रहने र सगरमाथा आरोहणको प्रयास गर्ने बताइएको छ । यसअघि शेखा आश्माले सगरमाथा आरोहणको प्रयास गरेकी थिइन, जुन सफल हुन सकेको थिएन ।