Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

विश्वका सबैभन्दा शक्तिशाली तीन नेता, जो छन् गम्भीर स्वास्थ्य समस्यामा



काठमाडौं । युक्रेनमा रक्तपातपूर्ण युद्ध जारी छ। विश्व अझै पनि काेराेना महामारीबाट मुक्त छैन। पछिल्ला संकटहरूका कारणा मुद्रास्फीति चरम सीमामा छ । विश्वलाई यस्तो अवस्थामा ल्याउने वा यसबाट बाहिर निकाल्न जिम्मेवार तीन महाशक्ति राष्ट्रका सर्वोच्च नेताहरु भने गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएकाे खबरहरु बाहिर आइरहेका छन् ।

मस्तिष्कसम्बन्धी गम्भीर समस्यामा छन् चिनियाँ राष्ट्रपति

६८ वर्षीय चिनियाँ राष्ट्रपति सी जिनपिङ ‘सेरेब्रल एन्युरिज्म’ नामक मस्तिष्कसम्बन्धी समस्याबाट पीडित भएको कुरा बाहिरिएको छ । बताइएअनुसार मस्तिष्कको समस्याको कारण उनमा टाउको दुख्ने, बान्ता हुने, घाँटीमा गाह्रो हुने समस्याहरु देखिएका छन् । रोगको कारण पछिल्लो समय उनलाई हिँड्नसमेत गाह्रो हुने गरेको छ । मिडिया रिपोर्टहरू अनुसार राष्ट्रपति सी एक वर्षदेखि उक्त समस्यामा जुधिरहेका छन् ।

सी गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेको बेला चीनको अर्थतन्त्र भने निकै संकटमा छ । युक्रेन युद्धको कारण चिनियाँ अर्थतन्त्र नराम्रोसँग प्रभावित छ । अहिले युद्धकै कारण चीनमा ग्यास र तेलको मूल्य आकासिएको छ । अर्कोतर्फ कोभिडले चिनियाँ अर्थतन्त्रमा अर्को संकट सिर्जना गराइदिएको छ । यस्तो अवस्थामा उनी बिरामी हुनुले देशमा थप समस्या बढ्ने देखिन्छ ।

पार्किन्सनसँग जुधिरहेका छन् पुटिन

६९ वर्षीय रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि गम्भीर खालको स्वास्थ्य समस्याबाट पीडित भएको कुरा बाहिरिएको छ । पुटिनका आन्तरिक कुराहरु गोप्य हुने हुनाले उनका समस्याबारे धेरै खालका अड्कलबाजी पनि गरिएका छन् । तथापी, धेरै मिडियाको खोज रिपोर्टमा पुटिन पार्किन्सन रोगबाट पीडित भएको बताइएको छ । जसको कारण उनलाई हिँडडुल गर्नसमेत समस्या हुने गरेको छ ।

हालै पुटिनका दुईवटा भिडियो भाइरल भएका छन् । पहिलो भिडियो बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को हात मिलाउँदै गरेको छ। भिडियोमा लुकासेन्कोलाई पर्खिरहेका पुटिनको हात तीव्र गतिमा काँपिरहेको देखिन्छ । काँप रोक्नको लागि, उसले आफ्नो हात छातीमा राख्छन् । त्यस्तै, रुसी रक्षामन्त्री सर्गेई शोइगुसँगको भेटमा पुटिन लगातार टेबुलको कुना समातेर बसेका थिए । यस क्रममा उनको दाहिने हातको औंला र खुट्टा चलिरहेको थियो । भिडियामो पुटिनको अनुहार सुन्निएको देखिन्थ्यो । बोल्दा उनको स्वर काँपिरहेको थियो । मस्कोको सेन्ट्रल क्लिनिकल अस्पतालका शल्यचिकित्सक येभगेनी सेलिभानोभले उनलाई भेट्न ३५ पटक गएको एक रिपोर्टमा उल्लेख छ। सेलिभानोभ थाइरोइड क्यान्सरका विशेषज्ञ हुन्।

अहिले युक्रेनमा रुसी आक्रमण भएको साढे दुई महिना बितिसकेको छ । युद्धले रुसी अर्थतन्त्र ध्वस्त भएको छ । रूसी मुद्रा रुबल तल गइरहेको छ। धेरै देशले रुससँग कूटनीतिक सम्बन्ध तोडेका छन् । यस्तो अवस्थामा उनी गम्भीर स्वास्थ्य समस्यामा जुधिरहँदा रुसमा थप चिन्ता देखिएको बताइएको छ ।

बुढ्यौली रोगले घेरिएका छन् जो बाइडेन

७९ वर्षीय अमेरिकी राष्ट्रपति जो बाइडेन बुढ्यौली रोगले घेरिएका छन् । कतिपय रिपोर्टमा उनलाई डिमेन्सियाको बिरामी भएको पनि भनिएको छ । बाइडेनलाई पनि सन् १९८८ मा ‘ब्रेन एन्युरिज्म’ भएको थियो, जसका लागि उनको उपचार गरिएको थियो। उक्त समस्या फेरि हुने सम्भावना पनि हुन्छ । अमेरिकन फेडरेशन फर एजिङ रिसर्चको एकेडेमिक पेपरका अनुसार बाइडेनले राष्ट्रपतिको रूपमा पूर्णं कार्यकालसमेत रहन गाह्रो छ । राष्ट्रपति बिडेन सार्वजनिक स्थानमै बेला–बेला ढल्ने गरेका घटनाहरु पनि देखिएका छन् ।

कोरोना महामारीसँगै अमेरिकाको अर्थतन्त्र नराम्रोसँग प्रभावित छ । पछिल्लो रुस–यूक्रेन युद्धलाई अमेरिकालाई थप समस्यामा पारेको छ । यस्तो अवस्थामा राष्ट्रपति बिरामी हुँदा देशले गर्ने निर्णयमा कमजोरी हुने अड्कल गरिएको छ । एजेन्सीको सहयोगमा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय