Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

दलका शीर्ष नेता कसले कहाँबाट गर्दैछन् मतदान ?



काठमाडौं । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु पनि मतदानमा सहभागि हुँदैछन् । निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डडेलधुराको गन्याधुरा गाउँपालिकाको रुवाखोलास्थित आसिग्राम मावि केन्द्रबाट मतदान गर्दैछन् । उनी विगत तीन दिनदेखि नै डडेलधुरामै छन् ।

यता, नेकपा (एमाले)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित ‘क’ बाट मतदान गर्ने भएका छन् । ओलीको सचिवालयले जनाएअनुसार सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोटस्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट उनले मतदान गर्नेछन् । झापाका ओलीले पछिल्लो समय भक्तपुरलाई स्थायी बसोबासको थलो बनाएका छन् ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो गृहजिल्ला चितवनबाट स्थानीय तहको निर्वाचनमा मतदान गर्ने भएका छन् । प्रचण्डले भरतपुर महानगरपालिका – १४ शिव नगरमा रहेको प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गर्ने भएका हुन् ।

यसैगरी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो गृहजिल्ला रौतहटको गौरबाट स्थानीय तहको निर्वाचनमा मतदान गर्ने भएका छन् । उनले रौतहटको गौर नगरपालिका वडा नं. २ मा रहेको रामजानकी कन्या मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने भएका हुन् ।

यसैगरी, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा जिल्लाबाट मतदान गर्ने भएका छन् । उनले गोरखाको पालुङटार नगर १ को अन्नपूर्ण माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका हुन् । भट्टराई निर्वाचनको प्रक्रिया सुरु भएदेखि नै पालुङटारमा छन् ।

यसैगरी, सभामुख अग्निप्रसाद सापकोटाले स्थानीय तहको निर्वाचनमा सिन्धुपाल्चोकबाट मतदान गर्ने भएका छन् । सभामुख सापकोटाले साँगागढीचोक नगरपालिका वडा नं. ४मा रहेको कुभिण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या मा.वि. मतदानस्थलबाट मतदान गर्ने भएका हुन् ।

नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा इलाम जिल्लाबाट मतदान गर्ने भएका छन् । नेम्वाङले इलाम नगरपालिका वडा नं. ७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान स्थलबाट मतदान गर्ने भएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय